• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

डा. ध्रुव चन्द्र गौतमलाई एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कार


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली लेखक संघले प्रत्येक दुई वर्षमा प्रदान गर्ने राष्ट्रिय लेखक पुरस्कार यसवर्ष आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरेको छ ।

    Advertisement

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित तेस्रो राष्ट्रिय लेखक दिवसमा संघले आख्यानकार गौतमलाई १ लाख रुपैयाँ नगद राशिको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उपस्थित थिए।

    राणाकालमा काठमाडौँका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटनालाई पुस्तकालय पर्वका नामले चिनिन्छ। त्यसै दिनदेखि वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउँदै आएको हो।

    पुरस्कारका लागि संघलाई धन्यवाद दिँदै आख्यानकार गौतमले सम्पूर्ण लेखकले साहित्यलाई साधना मानेर काम गर्नुपर्ने आग्रह गरे। ‘मैले पनि १० वर्षको उमेरदेखि लेख्न थालेको हुँ। २० वर्षदेखि मेरो लेख प्रकाशन हुन थाल्यो। अहिलेसम्म पनि निरन्तर लेखिरहेको छु। संघर्ष गरेर नै अहिले यो स्थानमा आइपुगेको छु। लेखकभित्र साधना गर्ने क्षमता हुनुपर्छ। लेख्न जाने पनि नजाने पनि उm भित्र चाहना सधैँ भइरहनुपर्छ,’ उनले भने।

    समीक्षक अनुपमा रेग्मीले आख्यानकार ध्रुवचन्द्र गौतमको परिचय र व्यक्तित्वमाथि प्रकाश पर्दै हाल उनी आत्मकथा लेखिरहेको जानकारी दिइन्। उनले भनिन्,‘साहित्यमा आख्यानकार ध्रुवचन्द्र गौतमको अतुलनीय योगदान छ। नेपाली साहित्यमा कथा संग्रह, नाटक, पटकथा, गीत, आख्यान गरी उहाँको दर्जनौं कृति प्रकाशित छ।’

    नेपाली साहित्यमा प्रखर व्यक्ति मानिने गौतमले आख्यान विधामा संख्यात्मक र गुणात्मक दुबै तवरबाट उत्कृष्ट कृति प्रकाशित गरेर साहित्यमा योगदान दिइरहेको उनले बताइन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघको लोकतन्त्रका लागि लेखेका व्यक्तिलाई सम्मान गर्नु उल्लेखनीय काम रहेको बताए। उनले स्वतन्त्र लेखनले व्यक्ति र समाजलाई सिर्जनात्मक रुपमा जागरुक बनाउने धारणा राखे। विगतमा भन्दा देशमा लेखन, कला, साहित्य, राजनीति फिल्म क्षेत्रमा राम्रो हुँदै गएको उनको मत थियो।

    साहित्यकार वैरागी काइँलाले नेपालमा साहित्यकार र लेखक सावधान बन्नुपर्ने अवस्था आएको बताए। ‘अहिले मुलुक अफ्ट्यारो परिस्थितिमा गइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रिय भावना अभाव, युवा पुस्तामा देशप्रतिको माया कमि, देशभक्तिप्रति अनास्था बढ्दै किन गइरहेको छरु’ उनले प्रतिप्रश्न गरे।

    साहित्यकार रत्नमणि नेपालले आख्यान, पुस्तक,लोकतन्त्र, प्रजातन्त्रजस्ता अन्य दिवसजस्तै लेखक दिवस पनि मनाइनु आवश्यक रहेको बताए। आयोजक संघका अध्यक्ष वियोगी बुढाथोकीले लोकतन्त्र बचाउन लेखकहरु पनि एकजुट भएर काम गर्नुपर्ने बताए।

    यसै अवसरमा संघले देशका लब्ध९प्रतिष्ठित ३२ लेखक साहित्यकारलाई मानार्थ सम्मान गरेको छ। जसमा साहित्यकार बैरागी काइँला, ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, नगेन्द्रराज शर्मा, बलदेव शर्मा मजगैँया, डा‍‍।बेन्जु शर्मा, तुलसी भट्टराई, केदारनाथ खनाल, भूपति ढकाल ‘कमल’, मञ्जु काँचुली, कृष्ण गौतम, गोविन्दराज विनोदी, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, व्रतराज आचार्य, कुलप्रसाद कोइराला, गोपाल भण्डारी, रेवतीरमण लाल, वनमाली निराकार, कविराज न्यौपाने, हरि अधिकारी, ध्रुव सापकोटा, सनत रेग्मी, भक्तबहादुर बलायर, देवेन्द्रप्रताप शाह, देवीप्रसाद वनवासी, रामानन्द आचार्य, मिठाराम विश्वकर्मा, गायत्री श्रेष्ठ र ज्ञानुवाकर पौडेल थिए।
    संघले भने २०८० सालदेखि लेखक दिवस मनाउन थालेको संघका महासचिव सोझो गाउँलेले बताए। उनले संघले उपत्यकाबाहेक जिल्ला र प्रदेशमा पनि लेखक दिवस मनाएको जानकारी दिए।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • २.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ३.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ४.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ५.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ७.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ८.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.