काठमाडौँ । शिक्षक आन्दोलनमा प्रहरी दमन हुँदा पत्रकारसहित ६५ जना घाइते भएका छन् ।
Advertisement
आन्दोलनको छब्बिसौँ दिन प्रहरी दमनमा परी सो सङ्ख्यामा घाइते भएका हुन् ।

अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीका अनुसार दुई जना शिक्षकको अवस्था गम्भीर छ ।
‘घाइतेमध्ये गम्भीर प्रकृतिका शिक्षकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने घाइते पत्रकारको उपचार तिलगङ्गा अस्पतालमा भइरहेको छ’ अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
प्रहरी दमनको सन्दर्भमा छलफल गर्नका लागि नेपाल शिक्षक महासङ्घको बैठक दिउसो ३ बजे बस्न थालेको उहाँले बताउनुभयो ।
यता, सरकारले छिटै वार्ता गर्ने भने पनि हालसम्म त्यसबारे कुनै सूचना नदिएको कार्कीको भनाइ छ ।
