• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारसँग शिक्षकको शनिबार निर्णायक वार्ता हुनसक्छ : अध्यक्ष कार्की


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्कीले शनिबार (१३ वैशाख) मा सरकारसँग निर्णायक वार्ता हुनसक्ने बताउनुभएको छ ।

    Advertisement

    सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान ७ः३० बजे हुने वार्ता निर्णायक हुनसक्ने अध्यक्ष कार्कीको विश्वास छ।

    ‘आज हामी सबैलाई भित्र (सिंहदरबार) जान दिइएन। जान नदिएपछि हामी आफ्नै आन्तरिक छलफलमा लाग्यौँ,’ कार्कीले भन्नुभयो, ‘भोलि बिहान छलफलमा बस्ने भनिएको छ। सायद यो छलफल निर्णायक हुन्छ।’

    यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ।

    मन्त्रालयले शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ।

    शिक्षा मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको बताएका छन् ।

    पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ।

    मन्त्रालयले आजको बैठक कारणवस हुन नसकेको पनि भनेको छ। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो।

    शिक्षक नेता सानुभाइ कार्कीका अनुसार यसअघि मन्त्रालय प्रवेश गर्ने पास देखाए प्रवेश नदिइएको र छुट्टै पास मागेपछि शिक्षकका प्रतिनिधिहरू सिंहदरबार गेटबाटै फर्किएका थिए।

    अध्यक्ष कार्कीका अनुसार महासङ्घसित सल्लाह नै नगरी सरकारले एकतर्फी रूपमा वार्ताटोली गठन गरिएपछि आज वार्ता हुन सकेन । शिक्षा मन्त्रालयले वार्ताका लागि नामै तोकेर २५ जनालाई बोलाएको थियो ।

    अध्यक्ष कार्कीले युगदर्शनसित भन्नुभयो– ‘महासङ्घसित सल्लाह नै नगरी सरकारले एकतर्फी रूपमा वार्ताटोली गठन गरेको थियो । त्यो लिस्ट मिडियामा आइसकेको थियो । त्यसैले आज वार्ता हुन सकेन ।’

    विद्यालय शिक्षा एेन माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.