• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारले नै वार्ताटोली तोकेपछि हुन सकेन शिक्षक–सरकार वार्ता


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सरकारले नै वार्ताटोली तोकेपछि शुक्रबार ३ बजे हुने भनिएको शिक्षक–सरकार वार्ता हुन सकेन ।

    Advertisement

    शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ता आह्वान गरेपछि २०८२ वैशाख १२ गते शुक्रबार सिंहदरबार दक्षिणी गेट पुगेको टोली फर्किएको हो ।

    नेपाल शिक्षक महासङ्घमा आबद्ध संस्था अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीका अनुसार महासङ्घसित सल्लाह नै नगरी एकतर्फी रूपमा वार्ताटोली गठन गरिएपछि आज वार्ता हुन सकेन ।

    अध्यक्ष कार्कीले युगदर्शनसित भन्नुभयो– ‘महासङ्घसित सल्लाह नै नगरी सरकारले एकतर्फी रूपमा वार्ताटोली गठन गरेको थियो । त्यो लिस्ट मिडियामा आइसकेको थियो । त्यसैले आज वार्ता हुन सकेन । हामी यसबारे छलफल गरिरहेका छौँ ।’

    उहाँले यस विषयमा छलफल भइरहेको र सम्भवतः भोलि वार्ता हुन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।

    शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले पनि सो तथ्य पुष्टि गर्नुभयो ।

    ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ’ सुवेदीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’
    यता, महासङ्घको टिम सिंहदरबार दक्षिणी गेट पुग्दा गेटपास तयार भएको थिएन ।

    आफूहरू वार्ताका लागि सिंहदरबारमा पुगेको तर गेटपास नपाएपछि बाहिरिएको शिक्षक सङ्घका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

    ‘हामी सधैँझैँ शिक्षा मन्त्रालय जानका लागि आफ्नो परिचय खुल्ने कागजातसहित गएका थियौँ’ कार्कीले भन्नुभयो– ‘तर आज तपाईंहरू आन्दोलनबाट आउनुभएको हो । प्रवेशका लागि अनुमति छैन भनेर गेटबाटै फर्काइयो । हामी त्यहाँबाट फर्किएर आन्तरिक बैठकमा छौँ ।’

    कार्कीले गेटपासभन्दा पनि गम्भीर विषय सरकारले एकतर्फी रूपमा वार्ताटोली गठन गर्नु रहेको बताउनुभयो ।

    त्यस्तै, शिक्षक महासङ्घका अध्यक्ष सुवेदीले पनि आफूहरूलाई सिंहदरबार प्रवेश नदिइएको स्पष्ट पार्नुभयो ।

    यता, शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डिएसपी सिंहदरबारको गेटमा पुगेका थिए ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.