• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कक्षा १२ को परीक्षाबारे जिम्मेवारीपूर्ण निर्णय लिन अखिल (छैठौं) को माग


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले आगामी वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षाबारे जिम्मेवारीपूर्ण निर्णय लिन सरोकारवाला निकायसित माग गरेको छ ।

    Advertisement

    शिक्षक आन्दोलन अझैसम्म जारी रहेको, नेपाल शिक्षक महासङ्घले शिक्षकलाई परीक्षामा सहभागी नहुन सर्कुलर गरेको र हालसम्म विद्यार्थीले प्रवेशपत्रसमेत प्राप्त नगरेको सन्दर्भ उहाँले युनियनले राष्ट्रिय परीक्षा बोर्डसित सो माग गरेको हो ।

    अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा २०८२ वैशाख ९ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै युनियनले सरकार र बोर्डको निर्णयलाई ‘बहुलट्ठीपूर्ण’ सङ्ज्ञा दिएको छ ।

    “हामीले कक्षा १२ को परीक्षाका सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड र सरकारलाई जिम्मेवारपूर्ण निर्णय लिन र नयाँ शिक्षा ऐन जारी गर्ने सुनिश्चितता गरी शिक्षकका जायज माग पूरा गर्न हार्दिक अनुरोध गर्दछौँ” वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “नयाँ शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौँमा शिक्षकको आन्दोलन निरन्तर चलिरहेको छ ।

    आन्दोलनका कार्यक्रमअन्तर्गत अहिले विद्यालयमा आम हड्ताल जारी छ र भर्ना अभियानलगायतका सम्पूर्ण शैक्षिक कार्यक्रम रोकिएका छन् । यो स्थितिमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने गरी परिपत्र जारी गरेको कुरा सार्वजनिक भएका छन् । शैक्षिक आम हड्ताल रहेको विद्यालयमा र शिक्षकहरू आन्दोलनमा केन्द्रित भएको समयमा कसरी परीक्षा सञ्चालन गर्न सम्भव छ रु राज्य, सरकार र तिनी मातहतका निकाय र व्याक्तिले कसरी यस प्रकारको बहुलट्ठीपूर्ण निर्णय लिन सक्छन् रु अत्यन्तै गम्भीर प्रश्न उत्पन्न भएको छ ।

    हामी विद्यार्थीको पक्षमा छौँ र विद्यार्थीको परीक्षा समयमै गर्नुपर्ने कुरामा हाम्रो जोड छ तर अहिले कक्षा १२ को परीक्षा निर्धारित वैशाख ११ गतेदेखि नै सञ्चालन हुने कुनै सम्भावना छैन । परीक्षा बोर्डको अत्यन्तै काँचो र गलत निर्णयले विद्यार्थीमा निकै अन्योलताको स्थिति सिर्जना भएको छ । कैयौँ विद्यार्थीहरू परीक्षा केन्द्रमा पुग्नसमेत समय छैन भने विद्यालय बन्दका कारण प्रवेशपत्रसमेत प्राप्त गरेका छैनन् । यो स्थितिमा परीक्षा सञ्चालन हुन्छ भन्नु हास्यास्पद मात्रै छ ।

    यसरी कक्षा १२ का करिब पाँच लाख विद्यार्थीको परीक्षा अन्योलग्रस्त हुनुमा शिक्षक आन्दोलनको दोष नभएर सरकारकै गैरजिम्मेवार र निकम्मापन रहेको छ । सरकारले नयाँ ऐन जारी गरेर शिक्षकलाई तुरुन्त विद्यालय पठाउनुको साटो आन्दोलनलाई खिसिट्युरी गर्ने, आन्दोलनकारीलाई उत्तेजित पार्ने र मुठभेडको स्थिति सिर्जना गर्न खोजेको कुरा स्पष्ट हुँदै गएको छ । शिक्षामन्त्रीको राजीनामाले आन्दोलन अझ अन्योलताउन्मुख हुँदै गरेको बुझ्न गाह्रो पर्दैन ।

    यो स्थितिमा राज्य र तिनका निकायहरू जिम्मेवारपूर्ण तरिकाले निर्णय लिने र समस्या समाधान गर्नेतर्फ लाग्नुको साटो झन् परिस्थितिलाई दुर्घटनातर्फ उन्मुख गराउनु लज्जास्पद छ । हामीले कक्षा १२ को परीक्षाका सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड र सरकारलाई जिम्मेवारपूर्ण निर्णय लिन र नयाँ शिक्षा ऐन जारी गर्ने सुनिश्चितता गरी शिक्षकका जायज माग पूरा गर्न हार्दिक अनुरोध गर्दछौँ अन्यथा सरकारको गैरजिम्मेवारपनका विरुद्धमा विद्यार्थीहरू पनि सडकमा आउने चेतावनी दिन चाहान्छौँ ।”

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.