• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चलचित्र ‘बसन्त’ को बासना


  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    गायक प्रकाश सपुतले चलचित्र ‘बसन्त’ प्रदर्शनमा ल्याएका छन् । यो चलचित्र लेखन र निर्देशन स्वय्म प्रकाश सपुतले गरेका छन् । प्रकाश सपुत नेपाली लोकगीत, सङ्गीत, भिडियो निर्देशन, लेखनबाट स्थापित नाम हो । चलचित्र ‘बसन्त’ ले उनलाई निर्माता र निर्देशकको परिचय पनि दिलाएको छ । यसले उनको बहुप्रतिभाशाली व्यक्तित्वको छवि निर्माण गर्न सहयोग पुगेको छ ।

    सपुत गीतसङ्गीत, भिडियो निर्देशनमा नयाँ केही गर्नुपर्छ भन्ने सोच राख्ने व्यक्ति हुन् । लोकगीत, सङ्गीत उत्पादन गर्ने एक स्थापित स्रष्टा भएको हुनाले पनि उनको चलचित्र ‘बसन्त’ ले चर्चा पाइरहेको छ ।

    ‘बसन्त’ मूलतः दलितले भोगेका जातीय विभेद विरुद्धको क्रान्तिकारी सन्देशमूलक चलचित्र बनेको छ । चलचित्र ‘बसन्त’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँले पनि केही गर्न सक्छन् भन्ने र लोकगीत, सङ्गीत वा कुनै पनि क्षेत्रबाट खारिँदै गए यहाँसम्म पुग्न सकिन्छ भन्ने एक उदहार प्रस्तुत गरेको छ ।

    प्रकाश सपुतको चलचित्र निर्माण हुँदैछ भन्ने हल्लाले करिब एक वर्ष पहिलेबाट बजार तताएको थियो । सपुतका शुभचिन्तकले झन् कहिले चलचित्र सार्वजनिक हुन्छ भन्ने कुराको पर्खाइमा रहेका थिए । सपुतले पनि उदहारण बन्ने खालको निर्देशनसहित चलचित्र सार्वजनिक गरेका छन् ।

    चलचित्रलाई निम्न तरिकाले समीक्षा गर्न सकिन्छ :

    एक– जातीय विभेद हिजोको चलन र आज त्यसैको निरन्तरताभन्दा पनि मान्छेको मानसिकतामै यो जरा गाडिएको छ । जातीय छुवाछुत नेपाली समाजका हरेक समुदाय र व्यक्तिको मानसिकताबाटै अन्त्य गर्न सक्नुपर्छ भन्ने सन्देश चलचित्रले दिएको देखिन्छ ।

    दुई– मित्रता वा प्रेम जातको आधारमा हुँदैन । युवा र युवतीबिचको प्रेम मनमस्तिष्कबाट हुने कुरा हुन् । हिजोको जातीय विभेदले मस्तिष्कमा असर गरेको भएर एक हुन सकिँदैन; प्रेम सफल हुन सक्दैन भन्ने खालका कुरा चलचित्रमा पात्र प्रेम, सपना, प्रकाश सपुत (बसन्त) स्वस्तिमा खड्का (शान्ति) लगायतका पात्रमार्फत् देखाइएको छ ।

    तीन– प्रकाश सपुत एक लोकगीत, सङ्गीत, अभिनय, नृत्यबाट उदाएका एक कलाकार भएको हुनाले चलचित्रको कथावस्तु लेखन, निर्देशन स्वयम् आफै अभिनेताको रूपमा अभिनय गरेर यसरी डुबेर काम गर्न सकिन्छ भन्ने एक उदाहरण बनेका छन् ।

    चार– सामाजिक, पारिवारिक जिम्मेवारी र जिम्मेवार बन्नका लागि विद्यालयमा विद्यार्थी पनि सही वा गलत छुट्याएर बोल्न सके विद्यालयको शिक्षक र शिक्षामा, शिक्षक–विद्यार्थी सबैमा सुधार गर्न सकिन्छ भन्ने कुरा प्रकाश विद्यार्थी भएर विद्यालयमा हुने केही गलत कुराको विरोध गरेर पात्रको रूपमा देखाएका छन् ।

    पाँच– चलचित्रमा काम र पढाइ सँगसँगै लैजान सकिँदैन, कामले स्कुल वा पढाइमा अवरोध बनाउँछ भन्ने कुराको ठिक उल्टो विद्यालय र घरको काममा बाबाआमालाई सघाउन सकिन्छ भन्ने देखाइएको छ । घरेलु कामले विद्यार्थीलाई समयमा अझै जिम्मेवार बनाउन मदत गर्छ, आमालाई घरेलु कममा सहयोग गर्नुपर्छ भन्ने देखाइएको छ ।

    छ– हिजो एउटा समयमा जातीय विभेद आजभन्दा धेरै थियो । आज कानुनमा परिवर्तन भए पनि हिजोको छुवाछुतले जरा गाडेको समाजमा कानुनले मात्रै नहुँदो रहेछ, जातीय विभेदको अन्त्यका लागि मान्छे मानसिक रूपमा नै स्पष्ट हुनुपर्छ भन्ने देखाइएको छ । मान्छेमा जात हिजो कुनै बेला कामको आधारमा काम गर्ने मान्छेको पहिचानका लागि दिएको हो । मान्छे मान्छे एउटै हो । जात वा अहिले गरिने विभेद वा यो जात, ऊ यो जात भन्ने जुन प्रचलन छ, यो हिजो एउटा समयमा कामका आधारमा बनाइएका शब्द हुन् भन्ने कुरा कथामा समेटिएको छ ।

    फिल्म हेर्दा दलित समुदायले व्यवहारमा भोगेका समस्याको सम्झना दिलाउँछ । चलचित्र हेर्दा मैले पनि कुनै बेला स्कुले समयमा विभिन्न तरिकाले छुवाछुत, भेदभाव भोगेको कुरा सम्झिएको थिएँ । वास्तवमै भेदभावको अन्त्य मान्छेको मानसिकताबाट भए मात्र सम्भव देखिन्छ ।

    सात– एउटा असल साथीको भूमिका खर्गबहादुर पुन उर्फ सन्तेले जसरी निभाएका छन्, साथी आफन्तले अप्ठ्यारोमा धोका दिन्छन् भन्ने कुराको ठिक उल्टो एउटा लक्ष्य राखे एक दिन साथीको सहयोग वा आफ्नो निरन्तरताले कुनै पनि काम सफल बनाउन सकिन्छ भन्ने कुरा एउटा पुस्तक प्रकाशन गर्ने लक्ष्य सपुतले कथाको रूपमा देखाएका छन् । त्यो इच्छाशक्तिले एउटा गन्तव्यसम्म पुऱ्याउँछ भन्ने कुरा दर्साएका छन् ।

    आठ– नायक निश्चल क्षेत्रीले नेपालमा दलालले कमाउन विदेश जान्छु भन्ने युवाको उज्यालो सपना कसरी कालो रातमा परिणत गर्छन् भन्ने कथा—जुन हिजोआज बजारमा छ्याप्छ्याप्ती देखिन्छ, ठिक यसरी सुन्दर सपनालाई कालो रातमा परिणत गर्छन्, होसियार हुनुपर्छ भन्ने कुरा सचेतनाको रूपमा सन्देश दिएका छन् ।

    नौ– सपुतले १० वर्षे “जनयुद्ध” लाई पनि केही जोड्न खोजेको देखिन्छ । क्रान्तिबाट परिवर्तन हुन्छ तर क्रान्ति निष्पक्ष र जनहितको पक्षमा हुने क्रान्ति र परिवर्तन र सही क्रान्ति हो भन्ने सन्देश झल्काउन खोजेको देखिन्छ ।

    वास्तवमै अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका र टिप्पणी भइरहेका समस्या हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा सुधारका लागि अर्को आन्दोलन हुनुपर्छ । त्यो विभेद नगर्ने समाज वास्तविक जनताले चाहेको आन्दोलन हुनुपर्छ भन्नेजस्तो सन्देश दिएको देखिन्छ ।

    समेट्न सकिने र विवादित विषय

    एक– चलचित्रमा दलित समुदायकी अभिनेत्रीको भूमिकामा रहेकी सपना र ब्राह्मण समुदायको देखाइएको प्रेमले प्रेम भएको र बुबासँग सामान्य रूपमा बुबाले जात नमिलेको भन्दै विवाद गरेर त्यत्तिकै आत्महत्या गर्नुभन्दा थोरै कथा थपेर समाज परिवर्तनमा अझै सशक्त भूमिका बनाउन बिहे गरेर नयाँ अभियान बनाउनुपर्थ्योजस्तो लाग्छ । यसले फेरि हामीले सोचेको, चाहेकोभन्दा हिजोकै विभेदपूर्ण समाजमा धकेलेकोजस्तो देखियो ।

    दुई– चलचित्रमा बेला बेला केही कुरा सकिँदा, बसन्त हाँस्दा चलचित्र र ‘बसन्त’ को भूमिका अलि खल्लो देखियो । चलचित्रमा कुनै एक जना पात्रको मृत्यु भएको र स्कुलमा मृतकको सम्झनामा मौनधारण गरेको कथा समेटिएको देखिन्छ तर त्यहाँ सबै विद्यार्थीहरू दुःखको क्षणमा पनि हाँसेको, मुस्कुराएको देखियो । त्यसले अलि खल्लो महसुस गराउँछ ।

    तीन– चलचित्रमा समाजमा अलि घृणा र हेपेर बोल्ने शब्दहरू सकेसम्म समावेश नगरेको भए राम्रो हुन्थ्यो; जस्तै : डरछेरुवा, कामी, उत्ताउली, बाहुनी इत्यादि । यसरी भन्नभन्दा समाजमा हामीलाई जातको कारणले एक हुन दिइँदैन, हामी सामान्य खालको विवाह गरौँ र एउटा कुनै संस्था बनाएर यो छुवाछुत विरुद्ध लडौँ भन्ने खालका सन्देश शान्ति र बसन्तको हुनुपर्ने हो ।

    चार– चलचित्रमा एउटा गीत बसन्त र शान्तिको प्रेमबिच कल्पनामा विवाह भएको देखाइएको छ तर चलचित्रको मुख्य कथा जातीय छुवाछुतले निम्त्याएको कथामा आधारित छ भने कल्पनामा भएको विवाहको गीत भने धार्मिक शब्द प्रयोग गरेर बनेको गीत छ । गीत बरु यस्तो हुनुपर्ने थियो :

    आरनमा काम गर्नेलाई दलित बनायौ
    लुगा सिउँदै हिँड्नेलाई अछुत बनायौ
    तिम्रो कोरा कानुन तिम्रो कालो समाज
    निश्छल दलितहरूलाई दूषित बनायौ

    यस्ता शब्दका गीत समावेश गरिएको भए चलचित्रले अझै उचाइ चुम्ने थियोजस्तो लाग्यो । ‘मोया त गरिस् कान्छा बिनास्वादैको’ जस्ता शब्द भएको गीत हाम्रो समाजमा जहाँ पायो, त्यहाँ प्रयोग गर्न नमिल्ने खालको शब्द रहेका छन् बरु त्यहाँ पनि कुनै परिवर्तनशील शब्द समावेश भएका गीत राख्न सकिन्थ्यो र राखेको भए उचाइमा पुराउँथ्यो कि ?

    छ– चलचित्रमा आवाज धेरै ठाउँमा अलि कम सुनिएकोजस्तो देखियो । यो चलचित्रलाई केही शब्द लेख्दै गर्दा चलचित्र राम्रो भएन भन्ने होइन । म पनि प्रकाश सपुतजस्तै समाज र समाजमा विद्यमान विभेद, छुवाछुतजन्य व्यवहारको सामना गर्दै हुर्केको भएको हुनाले चलचित्रले उठाएका विषयको बारेमा समीक्षात्मक टिप्पणी लेखेको छु ।

    चलचित्र भनेको मूलतः मनोरञ्जनको माध्यम हो । चलचित्र समाजमै देखाइने हुनाले जुनसुकै चलचित्रले पनि कुनै न कुनै सन्देश बोकेको हुन्छ । चलचित्रले समाजमा सदियौँदेखि रहेको छुवाछुत विरुद्ध तथा समाज परिवर्तनको लागि थोरै भए पनि चेतनाको दियो बालेको छ, बासना छरेको छ ।

    समाजका जातीय भेदभाव र छुवाछूत हटाउनका लागि चलचित्र, गीतसङ्गीत, साहित्य आदिको पनि ठुलो भूमिका हुनाले हुनाले ‘बसन्त’ जस्ता चलचित्रले मनोरञ्जन दिनुका साथै सकारात्मक सन्देश दिने कुराको आशा गर्न सकिन्छ ।

    शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.