काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भएको छ ।
जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा प्रधानमन्त्री ओली र महासंघ नेतृत्वबीच शुक्रबार साँझ छलफल भएको हो ।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् ।
यसअघी शिक्षा मन्त्रालयले पटक पटक वार्ताको आह्वान गरेपनि प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने महासंघको अडान थियो।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू दुई सातादेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।
चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका शिक्षकहरूले चैत २५ देखि अनिश्चितकालीन शैक्षिक हड्ताल गरिरहेका छन्।
विगतमा महासंघसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने र नयाँ विद्यालय शिक्षा ऐन बन्नुपर्ने महासंघको अडान छ।
विद्यालय शिक्षा ऐन नलिइकन घर नफर्कने आन्दोलनरत शिक्षकरूले बताइरहेका छन्।