काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बैसाख ११ गते देखि सञ्चालन हुने कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ। बोर्डले आज सार्वजनिक विज्ञप्ति जारी गर्दै परीक्षा नहुने भन्दै भ्रम फैलाउने समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो।
परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफनो बेभसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। अन्य माध्यमबाट आएको सूचनामा भर नपर्न समेत बोर्डले आग्रह गरेको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर चैत्र २० गते देखि आन्दोलन सुरु गरेको शिक्षकहरु कक्षा १२ को परीक्षामा सामेल नहुने जनाईसकेका छन्। कक्षा १२ को परीक्षा आगामी साता सुरु हुने तालिका छ।
१६ दिन देखि शिक्षकहरू आन्दोलन भएका कारण विद्यार्थीमा परीक्षा हुन्छ कि हुदैन भन्ने अन्यौला कायम नै छ। आन्दोलनका कारण परीक्षा सञ्चालन तयारी रोकिएको छ। यस वर्ष करिब ५ लाख विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सामेल हुँदैछन् ।