• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान जेठमा


  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) को ‘देश कि विदेश’ अभियान आगामी २०८२ जेठमा सञ्चालन हुने भएको छ ।

    Advertisement

    अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा २०८१ चैत ३१ गते प्रेसविज्ञप्तिमा जारी गर्दै युनियनले सो जानकारी दिएको हो ।

    चैत २८ र २९ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय जानकारी गराउनका लागि जारी गरिएको सो प्रसविज्ञप्तिमा राजावादीद्वारा चैत १५ गते गरिएको तोडफोडको भर्त्सना गरिएको छ ।

    स्ववियु निर्वाचनको सन्दर्भमा युनियनले विजयी तथा उम्मेदवार र सम्बद्ध सबै पक्षप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

    राष्ट्रिय जनमोर्चाको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी सबैप्रति पनि धन्यवाद ज्ञापन गरिएको सो विज्ञप्तिमा शिक्षक आन्दोलनप्रति समर्थन व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “यही चैत २८ र २९ गते अखिल (छैठौं) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक काठमाडौँ कपनमा सम्पन्न भयो । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. देशको गणतन्त्र र राष्ट्रियतामाथि भइरहेका आक्रमणको बारेमा गम्भीरतापूर्वक छलफल भयो । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानवाट प्राप्त उपलब्धिमाथि प्रतिगामी तत्त्वबाट हमला भइरहेको र यो स्थितिमा गणतन्त्रको रक्षाका लागि सम्पूर्ण युवा, विद्यार्थी एवम् जनता सचेत रहन र सङ्घर्षको लागि तयार रहनसमेत हाम्रो सङ्गठन हार्दिक अनुरोध गर्दछ । राजावादीले चैत १५ गते गरेको लुटपाट, आगजनी र हत्याको हाम्रो सङ्गठन भर्त्सना गर्दछ । दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछ । गणतन्त्र र राष्ट्रियताको रक्षा र सङ्घीयताको खारेजीका लागि आगामी २०८२ को जेठमा देशभक्त विद्यार्थीहको अभियान “देश कि विदेश ?” सञ्चालन गर्ने निर्णय भएको छ ।

    २. गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा अखिल (छैठौं) को तर्फबाट उम्मेदवार रहनुहुने तथा विजयी प्राप्त गर्नुहुने सम्पुर्ण साथीलाई सङ्गठन हार्दिक धन्यवाद एवम् बधाई व्यक्त गर्दछ । निर्वाचन सम्पन्न गर्न अहोरात्र खट्नुहुने सङ्गठनका साथी, क्याम्पस प्रशासन, निर्वाचन समिति र सम्पूर्ण विद्यार्थी सङ्गठनमा समेत हार्दिक आभार व्यक्त गर्दछौँ । कैयौँ क्याम्पसमा विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनका कारण हालसम्म पनि निर्वाचन भएको छैन । त्यसप्रति दुःख प्रकट गर्दछौँ र यथाशीघ्र निर्वाचनको माग गर्दछौँ । यसपटक देशका विभिन्न क्याम्पसमा सङ्गठनको उपस्थिति उत्साहजनक रहेको समीक्षा भएको छ ।

    ३. राष्ट्रिय जनमोर्चाद्वारा गत चैत २४–२८ मा आयोजित सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलन भव्य रूपमा सम्पन्न भएको छ । यो आन्दोलनले सङ्घीयता खारेजीको वातावरणलाई अझ प्रभावकारी बनाएको छ र सङ्घीयता खारेजीको अभियानलाई समेत थप पुष्टि गरेको छ । अखिल (छैठौं) का नेता एवम् समर्थक विद्यार्थीको महत्त्वपूर्ण उपस्थिति तथा आन्दोलनमा नेतृत्वदायी भूमिकाप्रति सङ्गठन हार्दिक आभार प्रकट गर्दछ । सङ्घीयता विरुद्धको आन्दोलनलाई थप उचाइमा पुराउनुपर्ने आवश्यकतालाई हाम्रो युनियनले जोड दिएको छ ।

    ४. गत चैत २० गतेबाट विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरू सडक आन्दोलनमा रहेका छन् । विडम्बनापूर्ण अवस्था के छ भने सरकार र सांसदले स्वतःस्फूर्त गर्नुपर्ने कामको लागि स्वयम् शिक्षक सडकमा आउँदा पनि सरकारले माग सम्बोधन गर्ने रुचि देखाएको छैन । हामीले शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकको मागलाई दृढतापूर्वक समर्थन गर्दछौँ र सङ्गठनको एक्यबद्धता व्यक्त गर्दछौँ । शिक्षकको आन्दोलनको कारण विद्यार्थीको भर्ना अभियान प्रभावित भएको छ । यसले सार्वजनिक विद्यालयलाई ठुलो क्षति हुनेछ । यसको प्रमुख दोषी स्वयम् सरकार रहेको हाम्रो ठम्याइ छ । हामीले सरकारलाई चाँडोभन्दा चाँडो शिक्षकसँग सहमति गरी विद्यालय पठाउन जोडदार माग गर्दछौँ ।

    अन्तमा नववर्ष २०८२ को अवसरमा सम्पूर्ण देशभक्त जनता, विद्यार्थी वर्ग, शिक्षक, प्राध्यापक एवम् समस्त जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”

    आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.