• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विद्यालयबाट स्टेसनरी सामग्री बिक्री नगर्न व्यवसायीको चेतावनी


  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघले विद्यालयबाट स्टेसनरी सामग्री बेचबिखन नगर्न चेतावनी दिएको छ ।

    Advertisement

    नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा कतिपय निजी विद्यालयले स्कुलबाटै कापी उपलब्ध गराउने भन्दै विद्यार्थीलाई सूचना जारी गरेको पाइएकोले त्यसो नगर्न व्यवसायीले खबरदारी गरेका हुन्।

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ बूढानीलकण्ठ नगर समितिका सदस्य विष्णु जेबी थापामगरले सर्वोच्च अदालतको आदेश तथा नगरपालिका, व्यवसायी र प्याब्सन–एनप्याव्सनको सहमतिविपरित केही विद्यालयले स्कुलबाटै विद्यार्थीलाई कापी वितरण गर्ने सूचना गरेको पाइएको बताए ।

    सर्वोच्चको आदेश तथा व्यवसायीसँगको सहमतिविपरित कुनै विद्यालयले कापी विक्री गरेको पाइए ती विद्यालयविरुद्ध कडा कदम चाल्ने उनले चेतावनी दिए ।

    काठमाडौँको बूढानीलकण्ठ नगरपालिका जनचोकका व्यवसायी थापाले आफूहरूले यो विषयमा बूढानीलकण्ठ नगरपालिकाको ध्यानाकर्षण गराइसकेको र व्यवसायीहरूले अन्य स्थानीय तहहरूमा समेत ज्ञापन पत्र दिएको उल्लेख गरे ।

    व्यवसायी विष्णु जेबी थापामगर

    युगदर्शनसँग कुरा गर्दै थापामगरले भने, ‘विद्यालयबाट स्टेसनरी सामान बिक्री गर्नु गैरकानुनी हो । सर्वोच्च अदालतले विद्यालयबाट स्टेसनरी बिक्री नगर्न आदेश दिइसकेको छ । हामी व्यवसायीसँग पनि स्थानीय तहले प्याव्सन, एनप्याव्सन लगायतका संस्थासहित मिटिङ राखेर विद्यालयबाट स्टेसनरी नबेच्ने सहमति गराइसकेको छ ।’

    उनले थपे, ‘यदी यसका बाबजुद पनि विद्यालयबाट कापीलगायत स्टेसनरी सामान विक्री गरेको पाइए हामी कडा कदम चाल्नेछौँ । नगरपालिकाले त्यसमा हामीलाई साथ दिने बताएको छ ।’

    स्मरणीय छ, गतवर्ष पनि बूढानीलकण्ठ क्षेत्रका कतिपय विद्यालयले स्टेसनरी सामान बिक्री गरेका थिए । बूढानीलकण्ठ नगरपालिकाले केही स्कुलमा छापा मारी त्यस्ता कापी बरामद गरेको थियो । तर, स्कुलले छापी सकेको कापी केही स्टक रहेको र यो वर्ष (२०८१ साल) मा मात्रै वितरण गर्ने, अर्को वर्षदेखि कापी नबेच्ने विद्यालयहरूको आग्रहमा सामान्य कारबाही गरेर छोडिदिएको थियो ।

    तर, यसवर्ष पनि कापी बिक्री गरेको पाइए थप कारबाही गर्ने नगरपालिकाका मेयर मिठाराम अधिकारीले व्यवसायीसँग बताएका थिए ।

    विद्यार्थीलाई स्कुलबाटै स्टेसनरी कापी बिक्री गर्दा अभिभावकले चर्को मूल्य तिर्नुपर्ने, छुट नपाउने जस्ता समस्या खेप्नुपर्छ भने आफ्नो व्यवसाय चौपट हुने स्टेसनरी व्यवसायीले गुनासो गर्दै आएका छन् ।

    सर्वोच्च अदालतले यसबारे आदेश दिइसकेपनि नियामक निकायको लापरवाही र निजी विद्यालयको दादागिरीका कारण कतिपय विद्यालयले स्कुलबाटै वा स्कुलले तोकेको पसलबाट मात्रै कापी किन्न बाध्य पार्दा अभिभावक मर्कामा पर्ने गरेका छन् ।

    शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.