• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विदेशबाट फर्कने मजदुरको पीडामा साथ दिँदै मनकारी युवा


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • शेरबहादुर सिंह ,भिमदत्तनगर ।
    भारतमा मजदुरी गर्दै आएका नेपाली नागरिक कञ्चनपुरसित जोडिएको भारतीय सीमा क्षेत्रमा अलपत्र परेको बारे भीमदत्तनगरका युवा व्यवसायी दिनेश मल्ल साताअघि नै जानकार हुनुहुन्थ्यो । उनीहरुलाई नेपाल प्रवेश गर्न दिन स्थानीय प्रशासनले पहल गरिरहेको थियो । भारतको टाढा–टाढाबाट हिँडेरै घर फर्कनेहरु कतिपय त सीमा क्षेत्रमा भोकभोकै अलपत्र थिए । यसरी भोकाएकाहरुका लागि खानाको प्रबन्ध गर्न मल्लले आफ्ना साथीहरुसँग छलफल गर्नुभयो ।

    Advertisement

    मल्लको कुरासित अरु युवा व्यवसायी सहमत हुनुभयो । उहाँहरुले चामल, दाल, तरकारीलगायत सामग्री जुटाएर आफैँले पकाएर सीमानाका गड्डाचौकीमा गइ वितरण गर्ने योजना बनाउनुभयो । मल्लसहितका युवा व्यवसायीले मिलेर बनाएको यही योजनाअनुसार भारतबाट भोकै घर फर्केका नेपाली मजदुरलाई तीन दिनदेखि गड्डाचौकीमा खाना वितरण गरिँदै आएको छ । पन्ध्र मनकारी युवाहरुको उक्त अभियानमा दिनप्रतिदिन साथ दिनेको सङ्ख्या बढ्दै गएको छ । सो अभियानमा नेपाली सेनाको समेत साथ रहेको छ ।

    भारतबाट लुकीछिपी घर फर्कँदै गरेका मजदुरका कारण कोरोना भाइरसको संक्रमण फैलने खतरालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका केही समयका लागि खोल्ने निर्णय गरेको हो । भारतबाट घर फर्कनेहरुको चाप अत्यधिक छ । ‘हामीलाई खाना खुवाउन भ्याइनभ्याइ भएको छ’, व्यवसायी मल्लले भन्नुभयो, ‘तीन दिनमा पाँच हजारभन्दा बढी नेपाली घर फर्केका छन्, सङ्ख्या दिनुहुँ बढ्दै गएको छ ।’ उनीहरुलाई खानासँगै पानीको समेत व्यवस्था गरिएको छ ।

    ‘सीमापारिको भारतीय बजार वनवासा र दशगजा क्षेत्रमा नेपाली मजदुर बिचल्लीमा परेको थाहा पायौँ’, अर्का युवा व्यवसायी एवं कञ्चनपुर निर्माण व्यवसायी संघका निर्वतमान अध्यक्ष गजेन्द्रबहादुर चन्दले भन्नुभयो, ‘मजदुरको बिजोग भएको चुपचाप बसेर हेर्न सकिएन, केही गरौँ भन्ने लागेर यो अभियान सञ्चालन गरेका हौँ ।’ भारतबाट घर फर्किनेहरु चार/पाँच दिनसम्म पानीका भरमा पैदल हिँडेर आएका उहाँले बताउनुभयो । पन्ध्र जनाको सममूहले प्रतिव्यक्ति रु ११ हजार रकम संकलन गरी मजदुरलाई खानाको प्रबन्ध मिलाउँदै आएको छ । उनीहरुले उद्योग वाणिज्य सङ्घको परिसरमा आफैँ खाना पकाउने गर्छन् । पकाएको खाना प्याकेजिङ गरी उनीहरु गड्डाचौकी नाकामै गएर वितरण गर्दै आएका छन् ।

    उक्त समूहले सोमबार एक हजार ८००, मङ्गलबार एक हजार १०० तथा बुधबार झण्डै दुई हजार र शुक्रबार दुई हजार ५०० मजदुरलाई खाना र पानी उपलब्ध गराएको छ । युवाहरुको सो सामाजिककार्यमा नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले साथ दिँदै आएको छ । ‘सेनाले सुरक्षित तरिकाले सीमामै गइ मजदुरलाई खाना र पानी वितरण गर्दै आएका छन्’, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष परमानन्द भण्डारीले भन्नुभयो, ‘सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ ।’ बुधबारसम्म ३५ जनाभन्दा बढी सहयोगी सो समूहमा आवद्ध भएका छन् ।

    उक्त समुहमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्ल, मदिरा व्यवसायी संघका अध्यक्ष राहुल भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी, कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव गणेश चटौत, निवर्तमान महासचिव दीपेन्द्र्रप्रकाश साउद, सुशीलकुमार श्रेष्ठ, अशोक पाण्डेय, उमेश सुनुवार, राजकुमार शर्मा, वृज चन्द, धीरज बोहरा, हेमराज भट्ट, खगेश्वर जोशी, महेश जोशी, बलबहादुर खड्का, नरेश अग्रवाल, शरद भट्ट, धीरेन्द्र चन्द, पंकज भट्ट, निराजन जोशी, दीपक विष्टलगायत रहेका छन् । ‘हाम्रो अभियानलाई देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्ने वचन दिनुभएको छ’, निवर्तमान अध्यक्ष तिवारीले भन्नुभयो, ‘सीमावर्ती भारतीय बजारमा भारतका व्यवसायीले नेपाली मजदुरलाई भोजनको व्यवस्था गरिरहेका छन् ।’

    मजदुरलाई यसरी खाना र पानीको व्यवस्था गर्दा दैनिक रु एक लाखभन्दा बढी खर्च हुने गरेको व्यवसायी मल्लले बताउनुुभयो । सहयोग भएको रकम तथा खर्च विवरण चालू अभियान सम्पन्न भएपछि सार्वजनिक गर्ने उनीहरुको योजना छ । स्थानीय प्रशासनले मजदुरलाई नेपाल भित्रिन दिँदासम्म अभियान जारी रहने छ । भीमदत्त नगरपालिकाले गड्डाचौकीमा दुई क्वारेन्टिनको व्यवस्था गरेको छ ।

    बुधबार भारतको हिमाञ्चल प्रदेशको सिमलाबाट फर्केका जुम्लाका रवीन्द्र शाहीले यहाँ जारी अभियानको प्रशंसा गर्नुभयो । ‘धेरै दिनदेखि भोकभोकै पैदल हिँडिरहेका थियौँ, बाटोमा बजार बन्द थियो, पानीको भरमा यहाँसम्म आइपुगेका हौँ’, उहाँले भन्नुभयो, ‘नेपाल आइपुगेपछि पेटभर खान पाइयो, वृद्धवृद्धा र बालबालिकाका लागि यो ठूलो राहत हो ।’ भारतबाट यसरी फर्कँदा धेरै ठाउँमा खुला आकाशमुनि रात बिताएको शाहीले सुनाउनुभयो ।

    आफ्नै गाउँठाउँको क्वारेन्टिनमा बस्न भन्दै आए पनि उद्धारमा ढिलाइ गरेकामा भारतबाट फर्केका मजदुरले गुनासो गरे । यसरी ढिलाइ हुँदा भारतमा धेरै नेपाली मजदुरको बिचल्ली भएको उहाँको भनाइ छ ।आज सम्म गड्डाचौकी नाकाबाट ८ हजार भन्दाबढि नेपाली स्वदेश फर्केका छन् ।

    कञ्चनपुर जिल्ला प्रशासनले भारतबाट घर फर्केका मजदुरका लागि यातायातको व्यवस्था गरेको छ । उनीहरुको गड्डाचौकीमा स्वास्थ्य परीक्षणसमेत थालिएको छ । यसअघि गत वर्ष चैतमा सुदूरपश्चिमका विभिन्न नाकाबाट झण्डै डेढ लाख मजदुर भारतबाट घर फर्केको तथ्याङ्क छ ।रासस

     

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.