• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साहित्यको क्षेत्रबाट आमूल परिवर्तनको पक्षमा काम गर्नु हाम्रो गन्तव्य हो : समीर सिंह (भिडियो अन्तर्वार्ता)


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष तथा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहले साहित्यको क्षेत्रबाट आमूल परिवर्तनको पक्षमा काम गर्नु आफूहरूको गन्तव्य भएको बताउनुभएको छ ।

    २०८१ चैत २० गते बुधबार युगदर्शन मिडियाका लागि अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘हामीले लेखनको क्षेत्रबाट, साहित्यको क्षेत्रबाट जुन हस्तक्षेपका कुरा गर्छौं, त्यो लेख्ने वा प्रश्न उठाउनका लागि मात्रै होइन, आलोचनाका लागि मात्रै होइन, विरोध गर्नका लागि मात्रै होइन’ उहाँले भन्नुभयो– ‘साहित्यको क्षेत्रबाट हाम्रो गन्तव्य आमूल परिवर्तन नै हो ।’

    सङ्घीयताको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले प्रलेसमा यसबारे साझा धारणा कायम हुन नसकेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ॅसङ्घीयताको विषयमा प्रलेसले आफ्नो धारणा बनाएर अगाडि बढ्न सक्नु अहिलेको सन्दर्भमा त्यो परिस्थिति छैन ।’

    अन्पाका अध्यक्षसमेत रहनुभएका सिंहले आफ्नो सङ्गठन सङ्घीयताको बारेमा स्पष्ट रहेको बताउनुभयो ।

    ‘सङ्घीयतालाई खारेज गर्नुपर्दछ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ यो विषयमा प्रष्ट छ’ उहाँले भन्नुभयो– ‘देशमा सङ्घीयता खारेज गर्नका लागि अखिल नेपाल प्रगतिशील लेखक सङ्घको सशक्त भूमिका हुनेछ ।’

    आगामी चैत २३ र २४ गते काठमाडौँमा प्रलेसको तेह्रौँ राष्ट्रिय सम्मेलन सम्पन्न हुन गइरहेकोमा उहाँले सम्मेलनले विभिन्न एजेन्डामा छलफल गरेर ठोस योजना बनाइने बताउनुभयो ।

    राष्ट्रिय सम्मेलनमा अन्पासम्बद्ध साहित्यकारले पाउने नेतृत्वको बारेमा प्रश्न गर्दा उहाँले भन्नुभयो– ‘पदका लागि मरिहत्ते गर्ने, पद नपाए कार्यक्रम बहिष्कार गर्ने वा बाहिर हुनेजस्तो स्कुलिङ छैन ।’

    प्रलेस वैचारिक रूपमा सामन्तवाद र साम्राज्यवाद विरुद्ध साहित्यलेखन र सांस्कृतिक क्षेत्रमा क्रियाशील साझा सामूहिक सङ्घसंस्थाको रूपमा रहेको उहाँको भनाइ थियो ।

    ‘हाम्राबिचमा भएका जे कुरामा सहमति हुन्छ, त्यही कुरा बाहिर ल्याउँछौँ’ उहाँले भन्नुभयो– ‘जुन कुरामा सहमति हुँदैन, आफ्ना सांस्कृतिक मोर्चामा त्यसबारे भूमिका निर्धारण गर्न सकिहाल्छौँ ।’

    लेखकले लेखनबाटै हस्तक्षेप गर्ने जानकारी दिँदै उहाँले राजनीतिक दलले जस्तो भूमिका प्रलेसले खेल्न नसक्ने स्पष्ट पार्नुभयो ।

    ‘गलत चिज वा प्रतिक्रियावादी सत्तालाई प्रहार गर्ने कुरामा हामी निरन्तर क्रियाशील छौँ’ एमसिसी पारित भएको सन्दर्भ जोड्दै सिंहले भन्नुभयो–’एमाले, माओवादी पार्टी सत्तापक्षीय हो, उनीहरूले एमसिसीमा हस्ताक्षर गरे भनेर प्रलेस त्यही बाटोमा त गएन नि ।’

    प्रलेसले कुनै पार्टीमा प्रतिबद्ध नभएको तर वैचारिक रूपमा प्रतिबद्ध छ प्रगतिशील लेखक, साहित्यकारलाई समेट्ने गरेको उहाँको भनाइ थियो ।

    उहाँको भनाइ थियो–’धेरैभन्दा धेरै साहित्यकार, लेखकलाई समेट्न सकौँ भनेर नाम प्रगतिशील राखे पनि मूल रूपमा प्रगतिवाद नै हाम्रो लक्ष्य हो ।’

    प्रलेसबाट बाहिर रहेका एउटा समूहको बारेमा उहाँको भनाइ थियो–’वैद्यहरू प्रलेस सत्तापक्षीय भयो, यसले राम्रो भूमिका दिन सकेन, प्रतिध्रुवीय अडान राख्न सकेन भनेर अहिले बाहिर हुनुहुन्छ तर पनि हामी वार्ता गरिरहेका छौँ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।’

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.