• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

ईरानराईको कवितासङ्ग्रह ‘इतिहास’ सार्वजनिक


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • बेलबारी (मोरङ) । मोरङको बेलबारीलाई मुकाम बनाएर साहित्य सिर्जना गर्दै आएका साहित्यकार ईरानराईको पछिल्लो कृति कवितासङ्ग्रह ‘इतिहास’ सार्वजनिक गरिएको छ ।

    Advertisement

    २०८१ चैत १५ गते सगरमाथा इङ्ग्लिस स्कुल बेलबारी नपा–१ को सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र कृतिकारले संयुक्त रूपमा कृति ‘इतिहास’ को सार्वजनीकरण गर्नुभयो ।

    प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्व सांसद हर्कमान तामाङले पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको ‘ढुङ्गा’ शीर्षकको कवितामा उल्लेख भएको ढुङ्गा उत्पत्तिस्थलबाट लड्दैपड्दै, दरालिँदै, पिल्सिँदै अन्तिम अडानको अवस्थामा आइपुगेर राम्रो चिल्लो भएजस्तै ईरानराई पनि विभिन्न हन्डरठक्कर खाँदै यो अवस्थामा आइपुग्नु सुन्दर कुरा भएको बताए ।

    विशिष्ट अतिथिका रूपमा साहित्यकार बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले हाम्रो शरीरको सबैभन्दा जटिल अङ्ग भनेको न्युरोन (गिदीभित्रको तन्तु) हुन्, तिनै न्युरोनलाई नकारात्मक रूपमा चलाउनेहरू पनि समाजमा प्रशस्त भएका तर कवि ईरानराईले उनका न्युरोनलाई जहिल्यै सकारात्मक र सिर्जनशील कार्यमा व्यस्त बनाएको बताए ।

    समालोचक मिश्र बैजयन्तीले ईरानराईका अन्य कृतिमा जस्तै यो ‘इतिहास’ मा पनि राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रमा भएका विकृतिका विरुद्ध तिखो व्यङ्ग्य तर सरल भाषामा भएको टिप्पणी गरिन् ।

    कृतिकार ईरानराईले २०४२ सालदेखि कवितालेखन सुरु गरेको हुनाले ‘इतिहास’ मा ४२ ओटा कविता सङ्गृहीत गरेको जानकारी गराउँदै कृतिभित्रकै ‘आजकल म जोगबनी जान्नँ’ शीर्षकको कवितावाचन गरेका थिए । साथै ईरानराईले मूलधन नमासिने गरी सोही संस्थाले अगाडि पुरस्कृत गरेको रु. २५ हजारमा थप गरी रु. ५१ हजार नवप्रतिभा पुरस्कारका लागि प्रदान गर्ने घोषणा पनि गरेका थिए ।

    कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, कोशी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्य कला सङ्गम झापाका अध्यक्ष विष्णु न्यौपाने र डियर कल्याण साहित्य प्रतिष्ठान, सुनसरीका अध्यक्ष विनोद घिमिरे विवशले शुभकामना मन्तव्य राखेका थिए ।

    बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले कृति–शीर्षक कविता ‘इतिहास’, स्रष्टा समाज मोरङका अध्यक्ष जेबी थुलुङले ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ कृतिभित्रका कविता वाचन गरेका थिए ।

    साहित्यकार रोहिणी रसिक, नवराज पोख्रेल नवशिला र एकराज भट्टराईले आआफ्ना रचना वाचन गरेका थिए ।

    संविधानसभा सदस्य मधु गुरुङ, कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, वडाध्यक्षहरू योगेन्द्र सुवेदी र कृष्ण गुरुङ, समाजसेवीहरू विदुर सुवेदी, नवराज भट्टराई, परशुराम सुवेदी, प्रताप थापा, धनजित पराजुली, विमला पाख्रेल, केशु विरही, अजित धिमालको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सञ्चालनद्वय सचिव उमा सिजापती र सहसचिव विमला सुवेदी तथा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले गरेका थिए ।

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.