काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले ॅकिन चाहियो सङ्घीयता ?’ शीर्षकको अडियो एल्बम प्रकाशन गरेको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म सञ्चालन गर्न थालेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा सो एल्बम प्रकाशनमा आएको हो ।
रक्तिम सांस्कृतिक अभियानकै युट्युब च्यानलबाट २०८१ चैत १२ गते मङ्गलबार साँझ सो एल्बम सार्वजनिक गरिएको छ ।
एल्बममा शब्द र सङ्गीत गिरिप्रसाद बुढाको छ भने गीतमा आवाज दिनुभएको हेमराज आश्रम र रिता पुनले ।
हेमराज आश्रमले सङ्गीत संयोजन गर्नुभएको सो गीत तीन मिनेट ५९ सेकेन्डको रहेको छ ।