केरसिंह अदै, तौलिहवा ।
Advertisement
कपिलवस्तुको शिवराजपुर नगरपालिका खरेन्द्रपुरस्थित समयथान बहुमुखी क्याम्पसमा अखिल (छैठौं) का माधवी खड्का र टिना अदै निर्वाचित हुनुभएको छ ।
२०८१ चैत ५ गते सम्पन्न निर्वाचनमा खड्का प्रत्यक्ष सदस्यतर्फ तथा अदै समानुपातिक सदस्यतर्फ निर्वाचित हुनुभएको हो ।
चैत ६ गते प्रकाशित मतपरिणामअनुसार निर्वाचनमा खड्काले ९४ मत र अदैले एक सय एक मत प्राप्त गर्नुभएको थियो ।
सो क्याम्पसमा अखिल (छैठौं) ले नेपाल विद्यार्थी सङ्घसित चुनावी तालमेल गरेको थियो ।