काठमाडौँ । जनकपुरको एक परीक्षा केन्द्रबाट एसईई अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ।
Advertisement
अंग्रेजी विषयको प्रश्नपत्र एक घण्टामै सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएपछि स्थानीय प्रशासनले यस विषयमा छानबिन थालेको छ।
शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश जनकपुरका निर्देशक ठूलोबाबु दाहालले प्रश्नपत्र बाहिरिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे छानबिन गठर्ने बताए ।
जनकपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ।
एसईईको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सकिएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी परीक्षा बोर्डले जनाएको छ । यो संख्या गतवर्षको भन्दा ४९ हजार २८६ जनाले बढी हो ।