महेश रिजाल, घोराही (दाङ) ।
दाङको लालमटियास्थित ऐरावती बहुमुखी क्याम्पसमा अखिल (छैठौं) बाट सचिवसहित चार जना सदस्य लोकप्रिय मतसहित विजयी हुनुभएको छ ।
आज २०८१ चैत ६ गते सार्वजनिक सूचनाअनुसार अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) को संयुक्त प्यानलबाट सचिवमा दीपक शर्मा एक सय ९३ मत ल्याएर हुनुभएको हो ।
त्यस्तै, सदस्यमा सौरभ पोख्रेल एक सय ८८, मणिप्रसाद पोख्रेल एक सय ८८, भुपिन्द्र परियार एक सय ८६ र रबिना कुँवर उक सय ८३ मतसहित विजय हुनुभएको छ ।
सो क्याम्पसमा अखिल (क्रान्तिकारी) र अखिल छैठौंको संयुक्त प्यानल नै विजय भएको हो । प्यानलअन्तर्गत अखिल (क्रान्तिकारी) बाट सभापतिमा विनोदकुमार सोनीले दुई सय १४ मत, कोषाध्यक्षमा मन्दीप पोख्रेलले एक सय ८९ मत र सदस्यमा अनिल चौधरीले एक सय ८३ मत प्राप्त गर्नुभएको छ ।
स्ववियु निर्चानमा सो क्याम्पसमा कुल सात सय २५ मतदातामध्ये चार सय ८५ मत खसेको थियो ।
क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घले आआफ्नो प्यानल लिएर चुनावी मैदानमा थिए ।
