तानसेन । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अखिल (छैठौं) की ज्योति दर्लामी लोकप्रिय मतसहित सदस्यमा विजयी हुनुभएको छ ।
Advertisement
नेपाल विद्यार्थी सङ्घ र अखिल (छैठौं) को संयुक्त प्यानलबाट ज्योतिले सर्वाधिक चार सय २६ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
सो क्याम्पसमा सभापति जितेका अखिल (क्रान्तिकारी) का मिलन घर्ती मगरले तीन सय ९० मत ल्याउँदा प्रतिद्वन्द्वी नेविसङ्घका कृष्ण अर्यालले तीन सय ४२ मत ल्याएका छन् ।
सचिव र कोषाध्यक्ष पद भने नेविसङ्घले जितेको छ ।
स्ववियु निर्चानमा सो क्याम्पसमा कुल एक हजार दुई सय २८ मत खसेको थियो ।