काठमाडौँ । काठमाडौँ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसबाट अखिल (छैठौं) को उम्मेदवार कृष्ण वाग्ले रहनुभएको छ ।
अखिल (छैठौं) को केन्द्रीय कार्यालयका अनुसार वाग्ले प्रत्यक्ष सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ८ मा जन्मनुभएका वाग्ले हाल त्रिचन्द्र क्याम्पसमा बिएस्सी फिजिक्स चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
अखिल (छैठौं) को विद्यार्थी आन्दोलनमा सानैदेखि सक्रियतापूर्वक सहभागी हुनुभएका वाग्लेले विद्यार्थी आन्दोलनका एजेन्डासहित क्याम्पसलाई सुदृढ शैक्षिक संस्थाको रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुहुन्छ ।
हाल उहाँ अखिल (छैठौं) को केन्द्रीय सदस्यसमेत रहनुभएको छ।
सो क्याम्पसमा अखिलको संयुक्त प्यानल रहेको छ । सभापतिमा अनेरास्ववियुका प्रमित विष्ट, सचिवमा अखिल क्रान्तिकारीका सुमन पुलामी र समाजवादीवाट सुवास बिडारी उम्मेदवार रहनुभएको छ ।