• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सात बुँदे घोषणापत्र जारी गर्दै प्रलेस लुम्बिनीको तेस्रो सम्मेलन सम्पन्न


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • दाङ । सात बुँदे घोषणापत्र जारी गर्दै प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    डा. मुरारी पराजुलीलाई अध्यक्षमा चयन गर्दै २०८१ फागुन २६ गते सोमबार सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान लमही दाङमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा गणेशा विष्ट कार्की र ध्रुव गिरी, सचिवमा गोविन्द खड्का, उपसचिवमा सुन्दर गुरुङ तथा कोषाध्यक्षमा सीता ढुङ्गाना काफ्ले चयन हुनुभएको छ ।

    समितिको सदस्यमा गणेश घिमिरे, कृष्ण डाँगी, वसन्त पुनमगर, सन्तोष घिमिरे, सूर्यप्रसाद न्यौपाने, दया दर्लामी, टङ्कप्रसाद आचार्य, भरत रानाभाट, खोपीराम ओली, देवन्द्र कुँवर, पुरण शर्मा, केशव बेल्वासे, टेकराज भुसाललगायत रहनुभएको छ ।

    सम्मेलनको प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीले मन्तव्य राख्दै लेखकहरू समाजका संवेदनशील अभिलेखकर्तासमेत हुने भएकाले उनीहरूको लेखनीले शोषण, विभेद, असमानता, अन्याय विरुद्ध जनताको पक्षमा दृढ भएर दरो भूमिका खेल्नुपर्ने बताउनुभयो ।
    सम्मेलनलाई केन्द्रीय सचिव दलबहादुर गुरुङ, लेखक प्रा.डा. कपिलदेव लामिछाने, केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, प्रलेस रुपन्देहीका अध्यक्ष कृष्ण गाउँलेलगायतले धारणा राख्नुभएको थियो ।

    सम्मेलनले सात बुँदे घोषणापत्र पारित गरेको थियो । यस्तो रहेको छ घोषणापत्र ।

    प्रगतिशील लेखक सङ्घ, लुम्बिनी प्रवेश सम्मेलन (२०८१ फागुन २६) का अवसरमा हामी सहभागी आयोजक, लेखकहरू प्रगतिशील लेखन, चिन्तन र व्यवहारसम्बन्धी तपसिलको घोषणा गर्दछौँ :

    १. संसारमा जहाँसुकै भइरहेका हत्या, हिंसा, युद्ध र साम्राजवादी हस्तक्षेपको यो सम्मेलन घोर विरोध गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न आह्वान गर्दछौँ ।

    २. नेपाल, नेपाली जनताको सशक्त आन्दोलनबाट गणतान्त्रिक व्यवस्थामा रूपान्तरित भइरहेको अवस्थामा केही व्यक्ति विशेषको कमीकमजोरीको फाइदा उठाउन खोज्दै हिजो जनद्रोही, जनघाती निरङ््कुश राज्यव्यवस्थाको नेतृत्व गर्ने राजतन्त्रको मागप्रति यो सम्मेलन घोर भर्त्सना गर्दै गणतन्त्रका पक्षमा सशक्त रूपमा उभिन सम्पूर्ण नेपालीमा अपिल गर्दछौँ ।

    ३. समाज विकासका क्रममा समयानुकूल लेखकीय दायित्व र जिम्मेवारी पनि केही परिवर्तित हुन जाने हुँदा नेपालका सन्दर्भमा सामाजिक सांस्कृतिक रूपान्तरण तथा सुशासनका निमित्त जातजाति, भाषाभाषी समुदायको स्वपहिचान झल्कने तर रूढिवादी अन्धविश्वास नझल्किने अग्रगामी विचार प्रवाह प्रचार प्रवाह हुने गरी रचना वा सिर्जना गरिने हुनाले प्रगतिशील लेखकहरूले यसलाई मनन् गर्दै सिर्जना गर्न, लेखन कार्य गर्न यो सम्मेलन आह्वान गर्दछ ।

    ४. राजनीतिक दलका कमजोरीका कारण उत्साहित हुन थालेको राजावादी तथा सामन्तवादी तत्त्वलाई निरुत्साहित गर्दै मुलुकलाई समाजवादी बाटोमा अग्रसर गराउन कम्तीमा समान विचारका कम्युनिस्ट पार्टीले साझा कार्यक्रम र सहमतिका आधारमा एकता वा कार्यगत एकता गरेर अगाडि बढ्न यो सम्मेलन आह्वान गर्दछ ।

    ५. छिमेकी मुलुकसँग हामी समतामूलक सौहार्द सम्बन्धको अपेक्षा गर्दै सीमा अतिक्रमण, सांस्कृतिक, राजनीतिक हस्तक्षेपको घोर भर्त्सना गर्दछौँ ।

    ६. यो सम्मेलन प्रगतिवादी आन्दोलनका पक्षमा तथा दक्षिणपन्थी प्रतिगामी तत्त्वका विरुद्ध एकताबद्ध भएर लाग्न प्रतिबद्धता प्रकट गर्दछ ।

    ७. यो सम्मेलन लुम्बिनी प्रदेशको सामाजिक, भाषिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई आत्मसात गर्दै यस क्षेत्रको अध्ययन अनुसन्धानको व्यवस्था हुन माग गर्दछ ।

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह
    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • २.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ३.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ४.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ५.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ६.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ७.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ८.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.