• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

अर्नबको प्रभावले देशैभरि वर्षा हुँदै, भोलिदेखि मौसम सुधार हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

महिलाले अझै पनि सम्पत्तिमा समान अधिकार पाइसकेको अवस्था छैन : पौडेल


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले महिलाले अझै पनि सम्पत्तिमा समान अधिकार पाइसकेको अवस्था नरहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ जोड्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    पौडेल राजमो निकट विभिन्न सम्पर्क समितिले संयुक्त रूपमा २०८१ फागुन २४ गते शनिबार काठमाडौँको टोखा नगरपालिकास्थित भुतखेल पार्कमा आयोजित वनभोज कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै हुनुहुन्थ्यो ।

    अमेरिकालगायत विभिन्न देशमा चलेको महिला आन्दोलनको जगमा क्लारा जेट्किनको नेतृत्वमा महिला समाजवादीले ८ मार्चसम्बन्धी निर्णय गरेको इतिहास स्मरण गर्नुभयो ।

    ‘जर्मनीको कोपेनहेगनमा सम्पन्न सम्मेलनले ८ मार्चबारे निर्णय गऱ्यो । पछि संयुक्त राष्ट्र सङ्घले यसलाई नारी दिवसको रूपमा मान्यता प्रदान गऱ्यो’ नेतृ पौडेलले भन्नुभयो– ॅतर हामीले नेपालको महिला आन्दोलनलाई कोपनहेगन सम्मेलनको स्प्रिटमा अगाडि बढाउनुपर्दछ ।’

    आन्दोलनले महिलाका विभिन्न मागलाई २०७२ सालको संविधानमा समेटेको भए पनि त्यो पूर्ण नभएको बताउँदै उहाँले भन्नुभयो– ‘अहिलेसम्म पनि सम्पत्तिमा समान अधिकार कार्यान्वयन भएको अवस्था छैन ।’

    उहाँले महिला आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशमा पुनरुत्थानवादी खतरा बढ्दै गएको धारणासमेत राख्नुभयो ।

    ‘जनताको बलिदानीबाट गणतन्त्र आएको हो’ उहाँको भनाइ थियो– ‘अब देश फेरि पछाडि जान सक्दैन । यो गणतन्त्रलाई संस्थागत गर्दै यसभन्दा अझ उच्चस्तरको परिवर्तनको लागि सङ्घर्ष अगाडि बढाउनुपर्दछ ।’

    उहाँले पुनरुत्थानवादी खतराका विरुद्ध राजनीतिक दल र नेपाली जनता एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
    सङ्घीयताको सन्दर्भमा मन्तव्य राख्दै उहाँले सङ्घीय प्रादेशिक संरचना अनावश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नीतिनिर्माण गर्नका लागि केन्द्रमा व्यवस्थापिका छँदैछ । त्यसलाई कार्यान्वयन गर्न स्थानीय तह छँदैछन् । किन चाहियो सङ्घीयता र ?’
    उहाँले प्रदेश सरकारको खर्चले गर्दा विकास बजेट कटौती हुन जाँदा एकातिर देशको विकास पछि परेको तथा अर्कोतर्फ जनतामाथि आर्थिक भार बढ्दै गएको बताउनुभयो ।

    उहाँले सङ्घीयता खारेज गर्न राजमोले आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी र राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको आयोजना प्युठान–काठमाडौँ सम्पर्क समिति, बागलुङ–काठमाडौँ सम्पर्क समिति, अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति, गुल्मी–काठमाडौँ सम्पर्क समिति, कर्णाली–काठमाडौँ सम्पर्क समिति, सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति, दाङ–काठमाडौँ सम्पर्क समिति, रामेछाप–काठमाडौँ सम्पर्क समितिलगायतले गरेका थिए ।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन
    निरन्तर वर्षाले पाकेको धान ढल्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • २.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ३.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ४.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ५.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ६.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ७.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    • ८.
      बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.