काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान दक्षिण कोरियाले ॅयाद आउँछ’ शीर्षकमा अडियो एलबम सार्वजनिक गरेको छ ।
जीवलाल शर्माको प्युट्युब च्यानलबाट फेब्रुअरी २२, २०२५ का दिन सो एलबम सार्वजनिक गरिएको हो ।
एलबममा जीवलाल शर्माकै स्वर रहेको छ भने शब्द ऋषि पौडेलको र सङ्गीत लेखत कुँवरको रहेको छ ।
चार मिनेट २६ सेकेन्डको सो एलबम तयार पार्न आश्रम म्युजिकले सहयोग गरेको बतााइएको छ ।
यस्तो छ गीतको शब्द
गाउँदैछन् झरना हालेर सुसेली
भन्दैछन् फर्किआऊ चाहिँदैन कोशेली
याद आउँछ घरीघरी बिचल्ली घरबार
छैन साथी छोडी आउँदा बेसहारा परिवार
शून्य छ गाउँघर बाझै छन् खेतबारी
छैन कोही बिपत्मा ओत लाग्ने छहारी
गाउँदैछन्…
बोकी भारी जिन्दगीभर बिरानो मनमा
बल, बैँस, जोसजाँगर बेचेर धनमा
नभन्नू है फूल नफुल आँगनीमा खै किन
अर्कैको यो मुलुकमा खेर गो पसिना
गाउँदैछन्…
मुक्ति हुन्न जिन्दगीमा लाचार भई बाँचेर
अवस्था फेरिन्न है सामन्ती साँचेर
खाउँला लाउँला आधार पेट उध्रेको टालेर
फर्कौं अब आफ्नै देश बाँचौँला लडेर
गाउँदैछन्…