• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

भगवतगीताबारे प्रलेसको अठहत्तरौँ परिसंवाद कार्यक्रम


  •   शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा ‘मार्क्सवादी दृष्टिमा भगवद्गीता’ विषयक अठहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    प्रलेसका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका प्राज्ञ डा. कृष्णराज अधिकारीद्वारा विषयवस्तु प्रस्तुत गर्दै २०८१ फागुन ९ गते शुक्रबार केन्द्रीय कार्यालय बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्राज्ञ अधिकारीले भौतिकवादी दृष्टिबाट रामायण, महाभारतलगायत सबै प्राचीन ग्रन्थको विश्लेषण आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो– ‘भगवद्गीता आफै दर्शन नभएर त्यति बेलाका विभिन्न दर्शनको सार हो ।’

    आद्य इतिहास अर्थात् प्रारम्भिक कृषियुगको अवधिमा गीताको रचना गरिएको तथा बहुदेवबाट अगाडि बढ्दै एकदेववादको रूपमा कृष्ण भगवान्लाई स्थापित गर्न भगवद्गीता रचना गरिएको उहाँको तर्क थियो ।

    ‘वर्णव्यवस्थाले वैश्य, शूद्र तथा नारीमाथि भइरहेको उत्पीडनको फलस्वरूप विद्रोहको स्थिति सिर्जना, त्यसका साथै लोकायत, बौद्ध तथा जैन दर्शनप्रति आकर्षण बढ्दै जाँदा भक्तिमार्ग, कर्ममार्ग तथा ज्ञानमार्गको खण्डका साथै गीताको रचना गरिएको थियो । गण तथा जनजातीय राज्यमा भइरहेको विद्रोहलाई दबाउन गीतामा धार्मिक तथा दार्शनिक सिर्जनाबाट आएको छ’ उहाँले भन्नुभयो ।

    भगवद्गीतामा भक्तिमार्गमा शूद्र, वैश्य र नारीले जति पाप गरे पनि भगवान् कृष्णको अनुसरण गरे पापबाट मोक्ष पाइने उल्लेख गरिएको बताउँदै उहाँले कर्ममार्गमा काम मात्र गर, फलको आशा नगर भनेर चर्चा गरिएको तथा वर्णाश्रम व्यवस्थालाई मात्र अनुसरण गर्ने तथा त्यो भन्दा दायाँबायाँ नजाने उल्लेख गरिएको बताउनुभयो ।

    सो ग्रन्थ सुन्दर र काव्यात्मक शैली भए पनि त्यसको आन्तर्य शोषणमूलक समाजलाई दमन गर्ने रहेको उहाँको विश्लेषण थियो ।
    ज्ञानमार्गमा वैश्य, शूद्रलाई ज्ञानमार्गको अवसर प्रदान नगरिएको बताउँदै प्राज्ञ अधिकारीको तर्क थियो– ‘सामन्तवाद उत्कर्ष पुगेको बेला त्यसको संरक्षण गर्नु नै भगवद्गीताको मूल उद्देश्य थियो ।’

    प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समीर सिंहले गर्नुभएको थियो ।

    कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपीरमण उपाध्याय, डा. गोविन्दशरण उपाध्याय, विष्णु प्रभात, गिरिप्रसाद बुढा, सीता शर्मा, पार्वती राउत, शालिकराम तिमिल्सेना, जगत् वाशिष्ठ, धनबहादुर मगर, प्रकाश तिवारी, सुयोग पौडेल, कुशु कार्कीलगायत हुनुहुन्थ्यो

    शनिबार, फागुन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.