काठमाडौँ । नीलकण्ठ प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय लघुकथा प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा डा. टीकाराम पोखरेलको ‘डोजर र मान्छे’ प्रथम भएको थियो ।
२०८१ माघ ३ गते शनिबार आयोजित एक कार्यक्रमबिच डा. पोखरेललाई पहिलो पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, प्रतियोगितामा डा. अजय रिसालको ‘प्रेमकी देवी’ लघुकथा द्वितीय, धन्वन्तरी मिश्रको ‘विकृत प्रदूषण’ लघुकथा तृतीय र गङ्गा बस्नेत खड्काको ‘गरिमा’ लघुकथाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः १५ हजार, १० हजार र पाँच हजार रहेको छ ।
पुरस्स्कृत श्रष्टाहरूलाई नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना, काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसञ्चार विभागीय प्रमुख डा. निर्मलमणि अधिकारी र प्रतिष्ठानका अध्यक्ष बद्रिप्रसाद दाहालले पुरस्कार वितरण गरे ।
कार्यक्रममा पुरस्कृत श्रष्टाहरूले आआफ्ना कथा वाचन गरेका थिए ।