काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले गाजा युद्धविरामको स्वागत गर्दै प्रेसवक्तव्य जारी गरेको छ ।
फेब्रुअरी ७, २०२५ का दिन प्रेसवक्तव्य जारी गर्दै आइकोरले युद्धविरामको स्वागत गरेको हो ।
वक्तव्यमा गाजापट्टी खाली गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको विरोध गर्दै विश्वव्यापी रूपमा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध गर्न आग्रह गरिएको छ ।
“प्यालेस्टिनी मुक्तिसङ्घर्षसँग ऐक्यबद्धता” नामबाट प्रेसवक्तव्यमा विश्वभरिका २७ पार्टी तथा सङ्गठनको हस्ताक्षर रहेको उल्लेख छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :
गाजामा युद्धविराम सम्झौतामा आइकोरको प्रस्ताव
अमेरिकाद्वारा गाजालाई विलय नगर्ने : प्यालेस्टिनीलाई जबरजस्ती निर्वासन नगर्ने
कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा, हमास र यहुदी इजरायली संस्थाबिच युद्धविराम सम्झौता सम्पन्न भयो । सम्झौतामा गाजामा अस्थायी युद्धविराम, इजरायली बन्धकको रिहाइ र प्यालेस्टिनी कैदीको मुक्ति, गाजाबाट इजरायली सेनाको फिर्ता, खाना, इन्धन र मानवीय सहायताको प्रवेश र गाजाको पुनर्निर्माणको व्यवस्था गरिएको छ ।
४५ दिनपछि पूर्ण र अन्तिम युद्धविराममा नपुगुन्जेलसम्म क्रमिक प्रक्रियासहित धेरै चरण मिलेर बनेको यो सम्झौता हो । जनवरी १९, २०२५ आइतबार युद्धविराम र पी.एफ.एल.पी. का दुई नेताहरू, खालेदा जरार र अबला सादतसहित तीन इजरायली बन्धक र ९० प्यालेस्टिनी महिला कैदीको रिहाइसँगै सम्झौता लागु भयो ।
यी महत्त्वपूर्ण घटनाक्रम पछ्याउँदै आइकोरले यो युद्धविरामको स्वागत गर्दछ। आइकोरले प्यालेस्टिनीको प्रतिरोध र आत्मनिर्णयको अधिकारलाई पूर्ण रूपमा समर्थन गर्दछ । गाजामा तत्काल युद्धविराम र नरसंहार अन्त्य गर्न धेरैपटक आह्वान गरेको छ ।
१. आइकोरले युद्धविराम सम्झौताको हार्दिक स्वागत गर्दछ । प्यालेस्टिनी जनता र प्यालेस्टिनी प्रतिरोधलाई बधाई दिन्छ । यो सम्झौताले सबैभन्दा जघन्य र बर्बर नरसंहारबाट पीडित प्यालेस्टिनीको पीडाको अन्त्य गर्दछ, कम्तीमा अस्थायी रूपमा । यसबाट ५० हजारभन्दा बढी निर्दोष मानिसको मृत्यु र एक लाख घाइते भए† १५ लाख मानिसलाई विस्थापित गऱ्यो । सबै अस्पताल, मस्जिद, पुल, सडकसहित २० लाख घर ध्वस्त पाऱ्यो र गाजालाई नक्साबाट लगभग मेटाइदियो । प्यालेस्टिनीले यो सम्झौतालाई हर्षोल्लासका साथ स्वागत गरे र गाजामा बन्धकको रिहाइ र पश्चिमी किनारमा मुक्त गरिएका कैदीलाई स्वागत गर्दा प्यालेस्टिनीले सम्झौता मनाउँदै र प्रतिरोधलाई समर्थन गर्दै गरेको तस्बिर र भिडियो सकारात्मक सम्झौता र प्यालेस्टिनीका उत्पीडित जनताको सन्तुष्टिको प्रमाण हुन् ।
२. आइकोरले यो सम्झौतालाई प्यालेस्टाइन र प्यालेस्टिनी प्रतिरोध र जियोनिस्ट बर्बरता विरुद्ध प्यालेस्टाइनसँगको अन्तर्राष्ट्रिय ऐक्यबद्धता आन्दोलनको विजयको रूपमा लिन्छ ।
३. आइकोरले गाजामा युद्धविराम सम्झौताको जियोनिस्ट इजरायली उल्लङ्घनको निन्दा गर्दछ । पूर्ण र अन्तिम युद्धविराम नभएसम्म सम्झौताका सबै चरणको सम्मान गर्न आह्वान गर्दछ ।
४. आइकोरले जेनिन क्याम्प, नेप्लोज, टोलकर्म र पश्चिम किनारका सबै क्षेत्रमा जियोनिस्ट इजरायली आक्रमण र हत्याको दृढतापूर्वक निन्दा गर्दछ, जहाँ जियोनिस्ट सेनाले जियोनिस्ट अर्थमन्त्री स्मोट्रिच र खुलेआम फासिवादी पखेटालाई खुसी पार्न र निर्दोष प्यालेस्टिनी नागरिकको खर्चमा नेतान्याहु सरकारको एकता जोगाउन थप अपराध गरिरहेको छ । आइकोरले लेबनानमा जियोनिस्टले युद्धविराम सर्तको उल्लङ्घनको पनि निन्दा गर्दछ ।
५. आइकोरले गाजालाई जातीय रूपमा “सफा” गर्ने र जियोनिस्टलाई हस्तान्तरण गर्ने ट्रम्पको प्रस्तावको कडा निन्दा गर्दछ र वास्तवमा अमेरिकाद्वारा संलग्न गराउँछ । प्यालेस्टिनीलाई जबरजस्ती निष्काशन गर्ने ट्रम्पको योजनाबाट आइकोर आक्रोशित छ । त्यो नयाँ नाक्बाजस्तै हुनेछ । उनीहरूले यो प्रक्रिया १९४६–४७ मा सुरु गरिसकेका छन् र सधैँ गाजा कब्जा गर्ने लक्ष्य राखेका छन् । गाजालाई “सफा” गर्ने ट्रम्पको शब्दावली पनि घृणित र फासिवादी छ ।
६. आइकोरले नेतान्याहु र पूर्व रक्षामन्त्री ग्यालेन्टलाई गाजामा गरेको युद्ध अपराधको लागि अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयलाई उच्च सलाम गर्दछ र विश्वभरका राज्यलाई यो वारेन्ट कार्यान्वयन गर्न आह्वान गर्दछ । यसले गाजामा लडेका जियोनिस्ट इजरायली सैनिकलाई उनीहरूले गरेको अपराधको लागि गिरफ्तार गर्ने केही देशको पहललाई पनि सलाम गर्दछ ।
७. आइकोरले गाजामा अलअव्दा अस्पताल पुनर्निर्माण गर्ने आइकोरको पाँचौँ विश्व सम्मेलनको निर्णयको सम्झना गराउँछ । सबै क्रान्तिकारी र कम्युनिस्ट पार्टी र सङ्गठनका साथै स्वतन्त्र र प्रगतिशील मानिसलाई कोष सङ्कलन गर्ने र अस्पताल पुनर्निर्माण गर्न ऐक्यबद्धता ब्रिगेड गठन गर्ने प्रयासमा योगदान गर्न आह्वान गर्दछ ।
८. जुलाई २०२४ मा १४ सम्बन्धित प्यालेस्टिनी सेनाद्वारा गठित सङ्क्रमणकालीन सरकारलाई स्वीकार गर्न र कूटनीतिक रूपमा मान्यता दिन आइकोरले संयुक्त राष्ट्र सङ्घ र विश्वका सबै सरकारलाई आह्वान गर्दछ ।
ट्रम्प र नेगान्याहुको योजना विरुद्ध विरोध प्रदर्शन, प्रदर्शन, हडताल आयोजना गर्नुहोस् ।
प्यालेस्टिनी मुक्तिसङ्घर्षसँग ऐक्यबद्धता
1. UPC-Manidem Union des Populations du Cameroun – Manifeste National pour l’Instauration de la Démocratie (Union of Populations of Cameroon – National Manifesto for the Establishment of Democracy)
2. CPK Communist Party of Kenya
3. CPSA (ML) Communist Party of South Africa (Marxist-Leninist)
4. PPDS Parti Patriotique Démocratique Socialiste (Patriotic Democratic Socialist Party), Tunisia
5. NCP (Mashal) Nepal Communist Party (Mashal)
6. RUFN Revolutionary United Front of Nepal
7. CPA/ML Communist Party of Australia (Marxist-Leninist)
8. Krasnyj Klin Gruppa Kommunistov-Revoljucionerov „Krasnyj Klin“ (Group of Communist Revolutionaries “Krasnyj Klin” [Red Wedge]), Belarus
9. БКП Българска Комунистическа Партия (Bulgarian Communist Party)
10. PR-ByH Partija Rada – ByH (Party of Labor – Bosnia and Herzegovina)
11. MLPD Marxistisch-Leninistische Partei Deutschlands (Marxist-Leninist Party of Germany)
12. UPML Union Prolétarienne Marxiste-Léniniste (Marxist-Leninist Proletarian Union), France
13. KOL Kommunistische Organisation Luxemburg (Communist Organization of Luxemburg)
14. RM Rode Morgen (Red Dawn), Netherlands
15. UMLP União Marxista-Leninista Portuguesa (Portuguese Marxist-Leninist Union)
16. RMP Российская маоистская партия (Rossijskaya maoistskaya partiya) (Russian Maoist Party)
17. TKP-ML Türkiye Komünist Partisi – Marksist-Leninist (Communist Party of Turkey – Marxist-Leninist)
18. MLKP Marksist Leninist Komünist Parti Türkiye / Kürdistan (Marxist Leninist Communist Party Turkey / Kurdistan)
19. KSRD Koordinazionnyj Sowjet Rabotschewo Dvizhenija (Coordination Council of the Workers Class Movement), Ukraine
20. UMU Union of Maoists of the Urals (Union of Maoists of the Urals), Russia
21. UoC Union of Cypriots, Cyprus
22. PCC-M Partido Comunista de Colombia – Maoista (Communist Party of Colombia – Maoist)
23. PCP (independiente) Partido Comunista Paraguayo (independiente) (Paraguayan Communist Party (independent))
24. PC (ML) Partido Comunista (Marxista Leninista) (Communist Party (Marxist-Leninist)), Dominican Republic
25. SUCI (C) Socialist Unity Center of India (Communist)
26. CPPDM Chinese People’s Party for the Defense of Mao Zedong
27. Chinese Communists (MLM) Chinese Communists (Marxist Leninist Maoist)