शङ्करप्रसाद पोख्रेल, बुटवल ।
सङ्घीयता काठमाडौँकेन्द्रित आन्दोलनको तयारीका लागि राष्ट्रिय जनमोर्चा रुपन्देहीले जिल्लाव्यापी कोणसभा सम्पन्न गरेको छ ।
सङ्घीयता खारेज गर्नको लागि दबाब दिने उद्देश्यले राजमो रुपन्देहीले सो कार्यक्रम सम्पन्न गरेको हो ।
राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीका अनुसार काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्नका लागि जिल्लाव्यापी कोणसभा सम्पन्न गरिएको छ ।
राजमोले हालसम्म जिल्लाका शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिकाका तामनगर, बेलबासचोक, बुद्धनगर चौराह, पुष्पलाल पार्क, ट्राफिक चोकमा कोणसभा सम्पन्न भइसकेका छन् ।
सभालाई राजमो रुपन्देहकिा अध्यक्ष केसी, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज सर्मा, राजमो रुपन्देहीका नेता पदम श्रेष्ठ, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का नेता गणेश गौतम, अखिल नेपाल महिला सङ्घकी इन्दिरा ज्ञवाली, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, राजमो रुपन्देहीका धनु पाण्डे, ज्ञानु पाण्डे, दुर्गा खरेल, कृष्णबम मल्ल, लीलाराम खनाल, लक्ष्मी कुँवर, गोपाल गैरेलगायतले सम्बोधन गर्नुभएको थियो ।

