काठमाडौं । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानबाट आयोजना गरिएको बागमती प्रदेशस्तरीय खुल्ला लघुकथा प्रतियोगितामा डा. टीकाराम पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ प्रथम भएको छ ।
Advertisement
कालिन्चोक गाउँपालिका–२ का डा. पोखरेलको लघुकथाले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ पुरस्कार जितेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले जनाएका छन्।
यस्तै, प्रतियोगितामा प्राडा अजय रिसालको लघुकथा ‘प्रेमकी देवी’ द्वितीय, धन्वन्तरि मिश्रको ‘विकृत प्रदूषण’ तृतीय तथा गंगा बस्नेत (खड्का) को ‘गरिमा’ ले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुने लघुकथाकारहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद राशिसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।