• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • भिमदत्तनगर । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना संक्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।  दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना संक्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो ।

    Advertisement

    सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य परीक्षण नै नगरी ४२९ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सम्बन्धित पालिकासितको समन्वय हुन नसक्दा १७ जना भने क्वारेन्टिनमै छन् । प्रहरीले बुधबार पनि ४०० भन्दा बढी नागरिकलाई यहाँबाट पठाएको थियो ।

    वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले भारतबाट आएका गोरखा, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप र दैलेखलगायत जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरी पठाइएको जानकारी दिनुभयो ।

    कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले जनशक्ति अभाव र आरडिटी परीक्षणका लागि किटको समेत अभाव रहेको बताउनुभयो । ‘पालिका र जिल्लामा गरी आरडिटी गर्न हामीसित ४०० थानमात्रै किट मौज्दात छ’, उहाँले भन्नुभयो, ‘हामीसित जनशक्ति छैन, सीमाबाट सुरक्षा निकायले ल्याउँछन्, परीक्षण गर्न आग्रह गरेर मात्रै गर्ने गरिएको छ ।’

    उहाँले भारतबाट आउने नेपालीलाई बिहीबारसम्म आरडिटी जाँचपछि मात्रै सम्बन्धित पालिकामा पठाउने काम भएको बताउनुभयो । ‘हिजोमात्रै हामीले १३९ जनाको आरडिटी जाँच गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म कञ्चनपुरमा दुई हजार ६९७ जनाको आरडिटी परीक्षण गरिएको छ ।’

    कोरोना परीक्षण नगरी भारतबाट आएका नागरिकलाई पठाउँदा कोरोनाको संक्रमण जोखिम बढेको छ । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी र दोधारा चाँदनीदेखि ब्रह्मदेव क्षेत्रबाट अवैधरुपमा भित्रिने क्रम बढेको हो । दशगजामा अलपत्र अवस्थामा रहेका नेपालीलाई दोधारा चाँदनीको महाकाली नगरपालिकाले खानपिनको व्यवस्थासमेत गर्दै आएको छ । केही समययता सुदूरपश्चिम नाकाबाट भारतबाट घर फर्किनेको क्रम ह्वात्तै बढेको छ । यसअघि गत चैतमा सुदूरपश्चिममा भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक घर फर्किएका थिए ।

    कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पालिकाले आफैँ आरडिटीलगायतका स्वास्थ्य परीक्षण आफैँ गर्छौं भनेपछि यहाँ आउनासाथ सम्बन्धित ठाउँ पठाउन थालिएको बताउनुभयो । ‘भारतबाट आएकालाई पठाउन सुरक्षा निकायले आवश्यक समन्वय र फिल्डमा काम गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘सिमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ ।’

    कञ्चनपुरमा हालसम्म ४६७ जनाको पिसिआर परीक्षण लिइएकामा बेदकोट नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण भेटिएको थियो । सङ्क्रमित युवक उपचारपछि निको भएर घर फर्किसकेका छन् । बिहीबारसम्म यहाँका ३२ स्थानमा रहेको क्वारेन्टिनमा ५०३ जना बसिरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतबाट नेपाली फर्कने क्रम बढेपछि स्थानीय तहले क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै लगेका छन् ।रासस

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.