काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई अलग गर्ने आदेश जारी गरेका छन्।
Advertisement
शपथलगत्तै राष्ट्रपति ट्रम्पले अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको दाबी सहित उक्त निर्णय गरेका हुन् ।
ट्रम्पले डब्ल्यूएचओलाई संकेत गर्दै भने, ‘उनीहरू हामीलाई फर्काउन चाहन्छन्, त्यसैले के हुन्छ हेरौँ।’
उनको यो भनाइलाई केही समयपछि अमेरिका डब्ल्यूएचओमा फर्कने संकेत मानिएको बीबीसीले जनाएको छ ।