काठमाडौँ । ‘कामरेड जलजला’ उपन्यासबारे लेखक मोहनविक्रम सिंह र प्रगतिवादी साहित्यकार प्रदीप ज्ञवालीमाझ संवाद भएको छ ।
Advertisement
२०८१ माघ ५ गते शनिबार सेतो पाटी डट कमको ललितपुर झम्सिखेलस्थित कार्यालयमा सो संवाद भएको हो ।
‘कामरेड जलजला’ उपन्यास पढिसिध्याउनु भएका ज्ञवाली र उपन्यासका लेखक सिंहमाझ बन्दकोठामा वार्ता भएको थियो ।
लेखक सिंहका अनुसार त्यस क्रममा उपन्यासको बारेमा दोहोरो संवाद भएको थियो ।
‘सँगसँगै सङ्क्षिप्तमा राजनीतिक विषयमा पनि कुराकानी भएको थियो’ सिंहले बताउनुभयो ।
सेतो पाटी डट कमले केही दिनभित्रै सो वार्तालाप सार्वजनिक गर्ने प्रधान सम्पादक प्रतीक प्रधानले बताउनुभएको छ ।
