रायपुर (भारत) । भारतको छत्तिसगढमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ ।
Advertisement
भारतको स्रोतसाधनले भरिपूर्ण मध्यक्षेत्रका सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन् । विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ ।
छत्तीसगढको बिजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजलेसुरक्षा बलले नक्सलवादी लडाकुका पाँच जनाको शव फेला पारेको बताए । अर्को एक घटनामा बिजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरुङ विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन् । (रासस/एएफपी)