काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ९५ नेपालीको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै बेलायतमा ६३ नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
बेलायतपछि अमेरिकामा धेरै नेपालीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १५ नेपालीले ज्यान गुमाएका छन् ।
यसैगरी संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनमा १÷१ नेपालीको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए। तिनमा ७७ पुरुष र १८ महिला छन् ।
समितिका अनुसार पछिल्लो साता मात्र कोरोनाका कारण यूकेमा १२, यूएईमा ३ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडाअनुसार कोरोनाबाट ११ देशमा गैरआवासीय नेपालीको मृत्यु भएको हो भने १९ देशमा संक्रमित भएको एनआरएनए, कोडिभ(१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, तथा पोर्चुगलमा २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।
यसैगरी आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विडरल्यान्डमा ५, जर्मनी ४, फिनल्यान्डमा ४, साइप्रस ३, न्युजिल्यान्ड ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएको छ।