• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“कामरेड जलजला” उपन्यास विमोचन


  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ ।

    Advertisement

    विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो उपन्यास विमोचन भएको हो ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको अध्यक्षता तथा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई प्रकाशक जनशिक्षा गृहकी दुर्गा पौडेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा उपन्यासकार सिंहको लिखित मन्तव्य सञ्चालक सिंहले वाचन गर्नुभएको थियो ।

    उपन्यासको समीक्षा गर्दै समीक्षक डा. देवी नेपालले “कामरेड जलजला” मा खालि प्रेम मात्रै नरहेर दर्शन, कला, संस्कृति, खेलकुद, राजनीति जस्ता विविध विषय समेटिएको बताउनुभयो ।

    ‘यसमा के छ भन्नेहरूलाई म सोध्न चाहान्छु’ उहाँले अगाडि भन्नुभयो– ‘यसमा के छैन ? सबैथोक छ ।’

    अर्का समीक्षक डा. रामप्रसाद ज्ञवालीले ‘कामरेड’ शब्दको मूल्यमा ह्रास आइरहेको अवस्थामा “कामरेड जलजला” जस्तो वैचारिक कृति आउनु स्वागतयोग्य भएको बताउनुभयो ।

    ‘प्रस्तुत उपन्यासमा कालचेतना, सौन्दर्यचेतना, तत्त्वचेतना सबै आएको छ । यसमा महाकाव्यिक गुण समावेश भएको छ’ उहाँले भन्नुभयो– ‘तर यति ठुलो कृति प्रकाशन हुँदा आम पाठकले पढ्न नसक्ने गरी यो कृति जनसाहित्य नबन्ने त होइन भन्ने मलाई शङ्का छ ।’

    नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेतले “कामरेड जलजला” उपन्यास प्रकाशन भएपछि साहित्यको नयाँ विधाको रूपमा “महाउपन्यास” को जन्म भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपालको मात्रै होइन, विश्व साहित्यमा नै यो उपन्यासलाई शीर्षस्थ उपन्यासको कोटिमा राख्न सकिन्छ ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले मन्तव्य राख्दै उपन्यासकार मोहनविक्रम सिंह राजनीतिक लेखनमा मात्रै नभएर साहित्यिक लेखनमा पनि त्यत्तिकै सशक्त रहेको धारणा व्यक्त गर्नुभयो ।

    सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाशीश कल्याण श्रेष्ठले यति विस्तृत उपन्यास आफूले अहिलेसम्म नदेखेको, नसुनेको बताउँदै विश्वकोशको रूपमा “कामरेड जलजला” उपन्यास आएको बताउनुभयो ।

    नेकपा (एमाले) का नेता तथा प्रगतिवादी साहित्यकार रघुजी पन्तले विस्तृत उपन्यासको रूपमा “कामरेड जलजला” प्रकाशित भइरहँदा कतै औपन्यासिक मूल्य कमजोर हुने त होइन भन्दै आशङ्का व्यक्त गर्नुभयो ।

    प्रगतिवादी समीक्षक निनु चापागाईंले उपन्यासमा सुनन्दा पात्र जलजलामा समाहित भएको प्रसङ्ग उठाउँदै यसमा भारतीय जनता र नेपाली जनतामाझको सर्वहारा अन्तर्राष्ट्रवादी भावना व्यक्त भएको बताउनुभयो ।

    जर्मन कम्युनिस्ट पार्टीका नेता गाबीले मोहनविक्रम सिंह नेपालको मात्रै नभएर संसारभरिको र जर्मनीका कम्युनिस्टको पनि प्रिय नेता भएको बताउनुभयो । प्रस्तुत कृति अङ्ग्रेजीमा पनि अनुवाद भइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरी, वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, सर्वोच्च अदालतमा पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्की, पूर्व गृहमन्त्री वामदेव गौतम, उपन्यासका आवरण सज्जाकार रतनकुमार राई, उपन्यासको अङ्ग्रेजी अनुवाद गरिरहेका डा. हरिप्रसाद शर्मा, साहित्यकारहरू गोपीरमण उपाध्याय, गोपीन्द्र पौडेल, डा. कृष्ण सुवेदी, खेम थपलिया, लेखक श्याम श्रेष्ठ, लेखनाथ न्यौपाने, वामपन्थी बुद्धिजीवी अजय शर्मा, माधव ज्ञवाली, सूर्यबहादुर सेन, प्रेम शर्मा, अधिवक्ता एकनारायण भण्डारी, जनगायक जीवन शर्मा, पूर्व राजदूत नवराज सुवेदी, विद्या ढकालको परिवारबाट कान्ता ढकाल, सरिता ढकाल, जितेन्द्र ढकाल, अजिता ढकाललगायतको आतिथ्य रहेको थियो ।

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.