• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोको अपिल : सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलन सफल पारौँ


  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
  • राष्ट्रिय जनमोर्चाले यही सालको चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौँमा सङ्घीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसलाई सफल पार्नका लागि हामीले नेपालका सम्पूर्ण जनतासित राजनीतिक, नैतिक र आर्थिक सहयोग र देशभरिबाट नै व्यापक सहभागिताका लागि अपिल गर्दछौँ ।

    Advertisement

    हाम्रो देशमा सङ्घीयता जनताको माग र देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकताका आधारमा आएको होइन । विभिन्न साम्राज्यवादी देशहरू मुख्यतः भारतीय साम्राज्यवाद र पश्चिमी साम्राज्यवादी देशको दबाबका कारणले नै नेपालमा सङ्घीयता ल्याइएको हो । सङ्घीयताका कारणले देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने खतरा छ । त्यसका साथै देशमा सङ्घीयताका कारणले जातिवाद पनि बढ्दै गइरहेको छ । त्यसैले सङ्घीयताका कारणले जातीय वैमनस्यता पनि बढेर जाने सम्भावना छ ।

    सङ्घीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । प्रशासकीय रूपमा प्रादेशिक संरचना आवश्यक र सही दुबै छ तर प्रादेशिक संरचनाको सङ्घीय पक्ष खारेज हुनुपर्छ । अहिले प्रादेशिक संरचनामा खर्च भइरहेको ठुलो धनराशि देशका लागि अनावश्यक आर्थिक बोझ हो ।

    सङ्घीयताको प्रादेशिक संरचनालाई समाप्त गरेर त्यसमा खर्च भइरहेको ठुलो धनराशिबाट शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिन्छ भने त्यसबाट देशको विकासमा पनि धेरै मदत पुग्न सक्ने छ ।

    हामीले सङ्घीयतालाई समाप्त पारेर त्यसको ठाउँमा पुरानो प्रकारको सामन्ती र नोकरशाही प्रकारको प्रतिक्रियावादी एकात्मक प्रणाली होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    राजावादीहरूले पनि सङ्घीयता र त्यसको प्रादेशिक संरचनालाई खारेज गर्नुपर्ने कुरामा जोड दिइरहेका छन् तर हाम्रो र उनीहरूको

    सङ्घीयताको विरोधको प्रकृतिमा मौलिक अन्तर छ । हामीले विद्यमान सङ्घीय प्रणालीलाई समाप्त पारेर त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्न चाहन्छौँ भने उनीहरूले पुरानै प्रकारको सामन्ती र नोकरशाही प्रकारको एकात्मक प्रणाली कायम गर्न चाहन्छन् । त्यसैले उनीहरूको सङ्घीयताको विरोधको प्रकृति प्रतिक्रियावादी प्रकारको छ भने हाम्रो सङ्घीयताको विरोधको प्रकृति प्रजातान्त्रिक र अग्रगामी प्रकारको छ ।

    सङ्घीयतावादीहरूले स्थानीय निकायको अधिकारमाथि अरू नियन्त्रण गर्न चाहन्छन् तर हामीले स्थानीय निकायको अधिकार र कार्यक्षेत्र अरू बढाएर लैजानुपर्ने आवश्यकतामा जोड दिन्छौँ । हाम्रो जोड यो कुरामा पनि छ कि स्थानीय निकायलाई मौलिक अधिकारको सूचिमा सामेल गरिनुपर्दछ र त्यसरी त्यसलाई अरू अधिकारसम्पन्न गराइनुपर्दछ ।

    अन्तमा, सङ्घीयतालाई खारेज गरेपछि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा मदत पुग्नुका साथै देशको विकासमा समेत मदत पुग्ने छ । त्यसैले सङ्घीयताका विरुद्धको हाम्रो राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्नका लागि सहयोग र समर्थन गर्न हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछ ।

    राष्ट्रिय जनमोर्चा
    केन्द्रीय कार्यालय

    मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.