बागलुङबजार । बागलुङको धम्जामा राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
राजमो शुभचिन्तक काठेखोला–३ धम्जाकी ७५ वर्षीया सुमित्रादेवी क्षेत्रीको निधन भएपछि श्रद्धाञ्जलीस्वरूप सो कार्यक्रम सम्पन्न भएको हो ।
२०८१ असोज १६ गते मृत्यु भएको छैटौँ दिन आयोजित श्रद्धाञ्जली कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा र जिल्ला सचिवालय सदस्य लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो बागलुङका सल्लाहकार अर्जुनबहादुर क्षेत्री, जिल्ला सदस्य टीकासङ्गम विक, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, काठेखोला गाउँ समितिका सदस्य थिरबहादुर राना, निरजकुमार विकलगायतले पनि स्मृतिशेष सुमित्रादेवीप्रति श्रद्धाञ्जली दिनुभएको थियो ।
स्मृतिशेष सुमित्रादेवी अखिल नेपाल शिक्षक सङ्घ काठेखोला पालिका समितिका सचिव कुलदीप क्षेत्री तथा राजमोका सक्रिय कार्यकर्ता दिलबहादुर क्षेत्री एवम शुभचिन्तक लोकेन्द्र क्षेत्री, इन्द्रबहादुर क्षेत्री र बुद्धिबहादुर क्षेत्रीकी आमा हुनुहुन्थ्यो ।
उहाँको २०८१ असोज ११ गते ७५ वर्षको उमेरमा उपचारको क्रममा भएको असामयिक निधन भएको थियो ।
