• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कैलालीका ठाउँ-ठाउँमा मोदीको पुत्ला दहन, प्रहरीसँग झडप


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • धनगढी । भारतले दार्चुलाको लिपुलेकमा सडक निर्माण गरेको विरोधमा कैलालीको विभिन्न ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । त्यस क्रममा प्रहरीसँग झडपसमेत भएको छ ।

    Advertisement

    सोमबार राष्ट्रिय जनमोर्चाले अत्तरिया, लम्कि, टिकापुरलगायतका स्थानमा गरेको पुत्ला दहनका क्रममा प्रहरीले पुत्ला खोस्न खोज्दा झडप भएको हो ।

    अत्तरियामा राजमो नेता कार्यकर्ताहरुले पुत्ला लिएर जलाउन खोज्दा प्रहरीले खोसेको छ । त्यसक्रममा राजमो कार्यकर्ताहरुले भारतीय साम्राज्यवाद विरुद्ध चर्का नारावाजी गरेका थिए ।

    त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्टले नेपालको एक इन्च भूमि पनि कसैले मिचे नेपाली जनतालाई सह्य नहुने बताउनुभयो । भारतले नेपाली भूमिमा जारि राखेका गतिविधि तत्काल रोक्न चेतावनी दिँदै उहाँले नेपाल सरकारलाई आफ्नो भूमिको रक्षा गर्न सकेकोप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।

    अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्टको सञ्चालनमा सम्पन्न कोणसभामा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेले पनि सम्बोधन गर्नुभएको थियो ।

    यता, कैलालीकै लम्कि बजारमा पनि राजमोले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेप पछि आयोजित कोणसभामा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही र राजमो नगर सदस्य महानन्द कोइरालाले सम्बोधन गर्दै राष्ट्रियताको रक्षा गर्न नसक्ने सरकारले शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरी लगाएर हस्तक्षेप गरेको भन्दै सरकार विरुद्ध आक्रोश व्यक्त गर्नुभयो ।

    यता, टिकापुरको मुनुवामा भने राजमोले मोदीको पुत्ला दहन गरेको छ । त्यहाँ आयोजित कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष दयाराम संज्यालले गर्नु भएको थियो भने सम्बोधन राजमो सुदूर पपश्चिम प्रदेश समिति सदस्य तिलक परियारले गर्नु भयको थियो । कार्यक्रममा राजमो कैलाली जिल्ला उपाध्यक्ष शिबराज रेग्मी, जानकि गाउँ कमिटि अध्यक्ष टेक राज न्यौपाने, टिकापुर नगर सहसचिब बिनोद केसी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    आजै दिउँसो ४ बजे धनगढीस्थित एलएन चोकमा र ५ बजे राजपुरमा मोदीको पुत्ला जलाउने कार्यक्रम रहेको राजमो कैलालीले जनाएको छ । यस्तै, कञ्चनपुरका विभिन्न स्थानमा पनि विरोध प्रदर्शनको तयारी गरिएको छ ।

    भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने बाटो सञ्चालनमा ल्याएको विरोधमा राजमोसहित विभिन्न पार्टी तथा संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् भने सरकारले पनि भारतसँग असन्तुष्टि जनाएको छ ।

    यो पनि पढ्नुहोस्ः भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.