लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।
चेन्नैको पल्लावरममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ एरिया सम्मेलनपछिको प्रथम एरिया भेला सम्पन्न भएको छ ।
चेन्नै दक्षिण नगर समितिअन्तर्गत पर्ने सो एरियाको भेला सेप्टेम्बर २९, २०२४ का दिन सम्पन्न भएको हो ।
भेलाले जीवन शर्मा अध्यक्ष रहनुभएको नौ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहित १३ सदस्यीय पल्लावरम एरिया समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता आचार्य, सचिवमा मिमलाल पौडेल, कोषाध्यक्षमा नविना बस्नेत तथा सदस्य विजय थापा, होमनाथ शर्मा, कृष्णप्रसाद शर्मा र चेतन शर्मा रहनुभएको छ ।
वैकल्पिक सदस्यमा गोपाल पौडेल तथा सल्लाहकारमा रिखिराम शर्मा रहनुभएको समितिको पूर्ण सदस्यको एक स्थान रिक्त, वैकल्पिक सदस्यको दुई स्थान रिक्त र सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।
दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेलको विशेष उपस्थिति रहेको सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसे र क्षेत्रीय सदस्य खगराज आचार्यको आतिथ्य रहेको थियो ।