माधव भाट क्षेत्री, तौलिहवा ।
कपिलवस्तुमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला भेला सम्पन्न भएको छ ।
२०८१ असोज ११ गते शुक्रबार बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा सो भेला सम्पन्न भएको हो ।
भेलाले सिद्धि आचार्य अध्यक्ष रहनुभएको नौ पूर्ण र तीन सल्लाकार रहनुभएको अप्फा कपिलवस्तु जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु खनाल, सचिवमा ऋषिराम शर्मा, कोषाध्यक्षमा मीना केसी तथा सदस्यमा श्याम खनाल, चेतनारायण पाण्डे, ज्ञानिश्वर पौडेल, दुर्गा चालिसे र भक्तबहादुर थापा रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा मुक्तिराम न्यौपाने, नरबहादुर घर्तीमगर र प्रेमकला खत्री रहनुभएको छ ।
भेलामा प्रमुख अतिथि अप्फाका केन्द्रीय उपाध्यक्ष शिव पौडेल हुनुहुन्थ्यो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले अप्फाले विगतमा ठुला ठुला आन्दोलन सञ्चालन गरेको स्मरण गर्नुभयो ।
उहाँले किसानका समस्या गम्भीर भएकाले त्यसको सङ्गठित प्रकारले समाधान गर्न आन्दोलन उठाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासे, अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुका अध्यक्ष नरबहादुर घर्तीमगर, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष हिमलाल बेलबासे र रक्तिम सांस्कृतिक अभियानका प्रतिनिधि मानबहादुर नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई पिताम्बर खनाल र माधव पौडेलले बधाई दिनुभएको थियो ।
मुक्तिराम न्यौपानेको अध्यक्षता तथा ऋषिराम शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा विष्णु खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।