परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल–१० गैँडाखालमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राजमो नवलपरासीको आयोजनामा नगरस्तरीय कार्यक्रमअन्तर्गत २०८१ असोज ९ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य तथा केन्द्रीय प्रशिक्षक दुर्गानाथ खरेलले गर्नुभएको थियो ।
उहाँले कार्यक्रममा विश्वदृष्टिकोण र समाजवादको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
अर्का अतिथि राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले समसामयिक राजनीति र सङ्घर्ष सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

सो अवसरमा राजमो नवलपरासीका जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीले पनि प्रशिक्षणात्मक धारणा व्यक्त गर्नुभएको थियो ।
राजमो सुनवल नगर अध्यक्ष शेरबहादुर सूर्यवंशीको अध्यक्षता तथा सल्लाहकार धनपति सापकोटाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राजमो सुनवल नगर सचिव कृष्णबहादुर थापाले गर्नुभएको थियो ।