रौतहत । रौतहतमा राष्ट्रिय जनमोर्चाले जिल्ला प्रशासन कार्यालय मार्फत् मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष हरिकिशोर महतोको नेतृत्वमा २०८१ असोज १ गते मङ्गलबारको दिन गएको एक प्रतिनिधिमण्डलले १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा राजमो जिल्ला सदस्य शेख नुरुलहक, जिल्ला सदस्य नेकमहम्द देवान र जिल्ला सदस्य जमि अख्तरको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, धर्मनिरपेक्षता, गणतन्त्र, धर्मनिरपेक्षता, भ्रष्टाचार, अनियमिता जस्ता राष्ट्रिय समस्या तथा स्थानीय समस्याहरू उठाइएको छ ।
