काठमाडौं । विभिन्न कारणले काम छोडेर नेपाल आएका कतारको दुई कम्पनीमा कार्यरत ९४ जना कामदारको पारिश्रमिक नेपाल आएको छ । कतारबाट गत मार्च महिनामा नेपाल फर्किएका दुईवटा कम्पनीका ९४ जना नेपाली कामदारको बाँकी पारिश्रमिक ति कम्पनीले नेपाल पठाएका हुन् ।
Advertisement
‘अल ब्यान्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ८४ जना तथा आल्मुनियम गल्फ रे मा कार्यरत १० जना नेपाली कामदारहरुको तलब तथा नियमाअनुसार पाउन बाँकी रकम क्रमशः कतारी रियल तीन लाख ४६ हजार ३२० र २६ हजार ८०१ नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ ।
ति कम्पनीहरुबाट प्राप्त रकम सम्बन्धित कामदार पाउने गरी २२ अप्रिल २०२० मा टीटी गरी क्सुलर सेवा विभाग काठमाडौंमा पठाइएको पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।