नवलपरासी । पश्चिम नवलपरासी अन्तर्गत सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकालाई राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको छ ।
राजमोले स्थानीय समस्याहरूलाई समेटी स्थानीय तहमार्फत सरकारको ध्यानाकर्षण गराउने क्रममा सुस्ता र बर्दघाटमा ज्ञापन बुझाएको हो ।
राजमो लुम्बिनी प्रदेश सदस्य तिलक सुवेदीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दुवै पालिकामा ज्ञापन बुझाएको थियो ।
१६ बुँदे ज्ञापन पत्रमा राजमोले बिना दर्ता घर घर पुग्ने भारतीय घुमन्ते व्यवसायीमाथि रोक लगाउन माग गरेको छ ।

सुस्ता गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘बिना दर्ता ठेला, टोकरी, साइकल तथा गाडीमा बाह्य उत्पादन घर घर पुराई सोझा नगरबासी ठगिने तथा स्थानीय स्थायी व्यवसायी धरासायी तथा पलायन हुँदै गएकाले गाउँपालिकाको पहलमा दर्ता बिना घुमन्ते व्यापारमा रोक लगाउनुपर्दछ ।
ज्ञापन पत्र बुझाउन राजमो नेता सुवेदीसहित, जिल्ला अध्यक्ष किसनबहादुृर अधिकारी र सुस्ता गाउँपालिका समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्याल लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
, बर्दघाटमा नेताहरूनगर अध्यक्ष ढुण्डीराज पोखरेल, उपाध्यक्ष शोभाकान्त लामिछाने, सचिव लक्ष्मण हमाल, कोषाध्यक्ष तारक खत्री, सदस्यहरु बलाराम खत्री र जुगलाल बुढालगायत सहभागी हुनुहुन्थ्यो ।