काठमाडौँ । अखिल नेपाल महिला सङ्घ काठमाडौँले प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय अध्यक्ष मीना पुनको प्रमुख आतिथ्यमा २०८१ भदौ १९ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको पनि विशिष्ट आतिथ्य रहेको थियो ।

त्यसैगरी कार्यक्रममा वामपन्थी नेता आनन्द शर्मा र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो महासचिव मनोज भट्ट, केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, राजमो केन्द्रीय सदस्य लक्ष्मी केसी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहलगायतको आतिथ्य रहेको थियो ।

राजमो काठमाडौँका अध्यक्ष ऋतु केसीको अध्यक्षता तथा सुशीला गैरेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई मालता बेलबासेले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरू तिजी गीत प्रस्तुत गरेका थिए ।