• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चा प्युठानले बुझायो २१ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • जुमानसिंह केसी, खलङ्गा ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठानमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएको छ ।

    राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक टोलीले २०८१ भदौ १८ गते मङ्गलबार प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

    ज्ञापनपत्रमार्फत् राजमो जिल्लामा देखा परेका समस्या र राष्ट्रिय स्तरका समस्या तथा सवालमा सरकार गम्भीर हुन आग्रह गरेको छ ।

    ज्ञापनमा भनिएको छ– सरकारको नीति, कार्यक्रम तथा व्यवहारले आम जनतामा असन्तुष्टि पैदा गरेकाले सरकार गम्भीर बन्नुपर्ने, आन्दोलनबाट उपलब्ध भएको गणतन्त्र खतरामा पर्दै गएको, ठुलो सङ्ख्यामा गैरनेपालीले नागरिकता पाउँदै जाँदा वास्तविक नेपाली अल्पमतमा पर्न सक्ने खतरा बढ्दै गएको, राष्ट्रघाती एमसिसी खारेज गर्ने, सन् १९५० लगायतका सन्धि खारेज गर्नुपर्ने, सङ्घीयता देशको लागि उपयुक्त नभएकाले खारेज गर्नुपर्ने, कालोबजारी, कृत्रिम अभाव, मूल्यवृद्धि आदि रोक्नुपर्ने, भ्रष्टाचार तथा बलात्कारका घटनामा गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ ।

    ज्ञापनमा अगाडि भनिएको छ– जिल्लामा यातायात क्षत्रमा देखिएको सडक दुर्घटना न्यूनीकरण गर्नुपर्ने, भालुबाङ– बाग्दुला–ठुलाबेसी भिङगिठे सडक तत्काल निर्माणका लागि ध्यान दिनुपर्ने, ग्रामीण सडकमा मापदण्ड विपरीत महङ्गो भाडादरको सट्टा उचित भाडा कायम गर्नुपर्ने, विभिन्न पुल, सिँचाइ र विद्युतीकरण नभएको ठाउँमा छिटो विद्युतीकरण गर्नुपर्ने र नदी नियन्त्रण, सडक सुधार, नौमुरे जलविद्युत् परियोजना कार्यान्वयन गर्नुपर्ने, अस्पतालको स्तरवृद्धि र दरबन्दी व्यवस्थापन तथा पालिका अस्पताल सञ्चालन गर्नुपर्नेलगायतका २१ बुँदे मागसहित ज्ञापनपत्र पेस गरिएको राजमो प्युठानका सचिव केशवराज आचार्यले बताउनुभयो ।

    ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापालगायत जिल्लाका नेताहरूको सहभागिता रहको राजमो प्युठानले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले जनताका समस्याको बारेमा ध्यानाकर्षण गराएकोमा धन्यवाद दिँदै जिल्लामा देखिएका समस्यामा सम्बन्धित सरोकारवाला निकायलाई सचेत गराउने र आफ्नो क्षेत्रबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कतिपय सवाल प्रदेश र सङ्घीयताबाट सम्बोधन गर्नुपर्ने देखिएकाले तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने जानकारी दिनुभएको छ ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.