खिमराज चालिसे, चंडिगढ ।
Advertisement
भारतको पंजाव राज्यको पटियालाबाट भदौ ७ गते (२३ अगस्त २०२४) देखि सम्पर्कविहीन डुकमान बुढाथोकी रेलवे स्टेसनमा भेटिएका छन् ।
प्युठान जिल्लाको गौमुखि गाउँपालिका–७ नारिकोट निवासी मिन बहादुर बुढाथोकीका छोरा ३७ वर्षीय डुकमान बेपत्ता भएसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजतलासमा तीब्रता दिएको थियो ।
उनलाई मूल प्रवाहले बुधबार (२८ अगस्त) बेलुका पटियाला रेल्वे स्टेसनमा फेला पारेको हो ।

कामको खोजीमा भारतको पटियालामा पुगेका डुकमान विगत केही समयदेखि मानसिक समस्यामा थिए ।
उनी सम्पर्कविहीन बनेपछि तनावमा रहेको बुढाथोकी परिवारमा अहिले उनी भेटिँदा खुसीको लहर छाएको छ।
मूल प्रवाह पटियालाले डुकमानको उपचारमा गर्न आग्रह गर्दै आफन्त मोहन थापाको जिम्मा लगाएको नगर अध्यक्ष विष्णु भुसालले जानकारी दिनु भएको छ।