• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

ब्राजिलमा अलपत्र १७६ नेपाली कसरी त्यहाँ पुगे ?


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । ब्राजिल ट्रान्जिट बनाएर तेस्रो देश जान लागेका १७६ नेपालीहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेकोबारे खोजी सुरु भएको छ ।

    Advertisement

    ब्राजिलस्थित नेपाली दूतावासले भदौ ११ गते विज्ञप्ति प्रकाशित गरी ब्राजिल हुँदै तेस्रो मुलुक जान लागेका १७६ नेपाली अलपत्र परेको जनाएको थियो ।

    लामो समयदेखि नेपालीहरू मानव तस्करमार्फत् ब्रजिलसहितका दक्षिण अमेरिकी देशहरू हुँदै गैरकानुनी बाटोबाट संयुक्त राज्य अमेरिका र क्यानडाजस्ता देश जाने गरेको बताइएकोृे छ ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रले अलपत्र परेका नेपालीहरू कसरी त्यहाँसम्म पुगे भन्नेबारे खोजी सुरु गरिएको बताए ।

    ‘उनीहरू को थिए, कसरी त्यहाँसम्म पुगे भन्नेबारे बुझ्ने प्रयास जारी नै छ,’ मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता मिश्रले भने, ‘उनीहरूलाई फर्काउनुपर्ने हो वा के कस्तो सहयोग आवश्यक पर्छ भन्नेबारे पनि हामीले नियोग र परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिरहेका छौँ।’

    मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको उक्त ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ।

    बीबीसीका अनुसार साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन्।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताए।

    ‘यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो। सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउँछ,’ राईले भने।

    उनका अनुसार ब्रजिलस्थित नेपाली दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालय र अध्यागमन विभागसँग पनि नेपालीहरूको अवस्था र स्वदेश फिर्तीबारे छलफल गरिरहेको छ।

    ब्राजिलमा १७६ नेपाली अलपत्र, ब्राजिल हुँदै अमेरिका जानेमाथि कडाई

    ब्राजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्देलका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए। तीमध्ये रुकुमका एक युवा बिरामी परेर अस्पताल भर्ना भए पनि अरूको अवस्था सामान्य रहेको उनले बताए।

    नेपालीसहितका विदेशी नागरिकहरू साओ पाउलो विमानस्थलमा अलपत्र परेको समाचार स्थानीय पत्रपत्रिकामा प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको दूतावासले जनाएको छ।

    अमेरिका र क्यानडा जान ब्राजिललाई ट्रान्जिट बनाउने प्रवृत्ति बढेको विवरणहरू आउन थालेको ब्रजिलस्थित नेपाली दूतावासको भनाइ छ।

    ब्राजिलियास्थित नेपाली दूतावासले मंगलवार विज्ञप्ति जारी गर्दै ब्रजिलले हालैबाट नेपालसहितका देशका नागरिकहरूलाई अगाडि नै भिसा लिएर मात्रै प्रवेश अनुमति दिने नियम बनाएको जानकारी गराउँदै अग्रिम प्रवेशाज्ञा लिएर मात्रै उक्त देश जान भनेको छ।

    ब्रजिलको सरकारी निकायले भने नेपालीहरूले आफ्नो देशलाई ट्रान्जिट बनाइरहेको भन्नेबारे औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी भने दिएको छैन। तर उक्त देशलाई ट्रान्जिट बनाएर तेस्रो देश जाने क्रम बढेकाले रोक्नका लागि अग्रिम भिसा लिनुपर्ने नियम ल्याइएको जानकारी ब्रजिलका सरकारी निकायहरूले सार्वजनिक गरेको दूतावासका नियोग उपप्रमुख सिग्देल बताउँछन्।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.