खलङ्गा । प्युठानको स्वर्गद्वारीमा अखिल नेपाल युवक सङ्घको नगर समिति गठन भएको छ ।
युवक सङ्घका अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यमा २०८१ भदौ १२ गते बुधबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले तिलक विष्ट अध्यक्ष रहनुभएको ११ पूर्ण तीन सल्लाहकार गरी जम्मा १४ सदस्यीय नगर समिति चयन रहेको छ ।
समितिको उपाध्यक्षमा तिलक पुन, सचिवमा द्रोण रावल, सहसचिवमा डोमाराम केसी र कोषाध्यक्षमा उर्मिला लङ्वा रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यमा राजन घर्तीमगर, युवराज रोका, ओमन रोकाछेत्री, माधव अधिकारी, थमबहादुर घर्ती, तिलक पुन तथा सल्लाहकारमा कुवेर भण्डारी र मिनराज पुन रहनुभएको छ ।
कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष इमानसिंह खड्काका साथै राजमो नेताहरू मिनराज रानामगर, इन्द्रबहादुर खडका, गिरबहादुर गुरुङ, शिव पन्थी, मनोज पुन, कुबेर भण्डारी, तिलक विष्ट र लक्ष्मण पुनले मन्तव्य राख्नुभएको थियो ।
