तौलिहवा । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा राष्ट्रिय जनमोर्चाको वडास्तरीय प्रशिक्षण सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८१ भदौ १२ गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा अदैले राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, सहकारी ठगी, भ्रष्टाचारलगायतका विषयमा प्रशिषण दिनुभएको थियो ।
राजमो वडा नं. १ का अध्यक्ष जगदम्बाप्रसाद पासीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा राजमो जिल्ला सदस्य नागराज योगी र राजमो गाउँपालिका अध्यक्ष गोविन्द परिवारले रिपोर्टिङ गर्नुभएको थियो ।

कङ्ग्रेसबाट प्रवेश
कार्यक्रम नेपाली कङ्ग्रेस समर्थक जितेन्द्रकुमार चाई, घिरहे भर, भगवती पासी र जनप्रगतिशील पार्टीबाट घनश्याम अहिर राजमोमा गर्नुभएको थियो ।
उहाँहरूले राजमोको नीति सही भएका कारण सो पार्टीमा प्रवेश गरेको बताउनुभएको थियो ।
उहाँलाई प्रमुख अतिथि अदैले राजमोको सदस्यता तथा घोषणापत्र हस्तान्तरण गर्नुभएको थियो ।