दिनेश रैदास, दाङ ।
दाङको राप्ती गाउँपालिमा अखिल नेपाल किसान महासंघ (अप्फा) को भेला सम्पन्न भएको छ ।
सोमबार (भदौ १० गते) सम्पन्न भेलाले विष्णु आचार्यको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति गठन गरेको छ। जसको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिव होमप्रसाद आचार्य र कोषाध्यक्ष हेमलाल आचार्य चयन हुनुभएको छ ।
सदस्यहरूमा विष्णुप्रसाद श्रेष्ठ, सोमप्रसाद खड्का, माधव आचार्य, लोकबहादुर बस्नेत, सीता विकास, जगबहादुर चौधरी, सोमबहादुर थापा रहनुभएको छ भने वैकल्पिक सदस्यमा हिमलाल सुवेदी र संगीता नेपाली चयन हुनुभएको छ।
भेलाले रविलाल चौधरी, मीनराज भण्डारी, शालिग्राम पौडेल र माधव पोखरेललनई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्यले शुभकामना दिनुभएको थियो ।
यस्तै, विशिष्ट अतिथि अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य दलबहादुर घर्ती, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कार्यबाहक अध्यक्ष बाबुराम थापा, रक्तिम सांस्कृतिक अभियान राप्तीका अध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल शिक्षकसँग लुम्बिनी प्रदेश सदस्य डिलाराम पौडेल, अखिल नेपाल किसान महासंघ जिल्ला कोषाध्यक्ष माधव आचार्य लगायत नेताहरूले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।
विष्णुप्रसाद आचार्यको अध्यक्षता तथा माधव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गिरबहादुर पौडेलले गर्नुभएको थियो ।