जयपुर (भारत) । भारतको जयपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शोकसभा सम्पन्न गरेको छ ।
मूल प्रवाहको जयपुर उत्तर एवम दक्षिण नगर समितिको आयोजनामा अगस्त २५, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जयपुर उत्तर नगर समितिका सदस्य उदयकुमार लिम्बुकी ४९ वर्षीया जीवनसँगिनी आशा लिम्बुको गत अगस्त २० का दिन निधन भएपछि सो कार्यक्रमको आयोजना गरिएको थियो ।
शोकसभामा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय प्रतिनिधि हुमा रजाली, केन्द्रीय परिषद् सदस्य दीपा थापा, जयपुर दक्षिणका अध्यक्ष रिम राना, उपाध्यक्ष दीपक थापाले स्मृतिशृष आशाको फोटोमा पुष्पार्पणका साथै शोकमन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महिला क्षेत्रीय विभागका कल्पना थापा, जयपुर उत्तरबाट अध्यक्ष मङ्गलसिंह खडका, सदस्यहरू लक्ष्मी केसी, लक्ष्मी थापा, रवि थापा, भगवती मल्ल, जयपुर दक्षिणबाट शोभा राना, सुनिता परियार, सोमबहादुर थापालगायत परिवारजन, आफन्त, छरछिमेकबाट उपस्थित सबैले पुष्पार्पण गर्नुभएको थियो ।
कार्यक्रम ओम थापाको सञ्चालन तथा डम्बर केसीको अध्यक्षता सम्पन्न भएको थियो ।